
प्रेस चौतारी नेपाल दाङले विभिन्न क्षेत्रमा रहेका सञ्चार मजदुरलाई सम्मान गरेको छ। १३६औं अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा जिल्लामा विभिन्न क्षेत्रमा कार्यरत सञ्चार मजदुरलाई सम्मान गरेको हो।
तुलसीपुरमा बिहीबार आयोजित कार्यक्रममा आठ जना सञ्चार मजदुरलाई सम्मान गरिएको छ। सम्मानित हुनेहरूमा पत्रिका वितरक(हकर) मिनराज गौतम, कम्प्युटर अपरेटर मोहन चौधरी, दीपक चौधरी, सबिता रोका, गिरीराज तिवारी, सुदीप चौधरी, रेडियो प्राविधिक मनु डिसी र जुनु खड्का रहनुभएको छ।
प्रेस चौतारी नेपाल दाङका अध्यक्ष सुधा सुमन ढकालको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य घनश्याम पाण्डेको प्रमुख आतिथ्यता एवम् प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य गणेश आचार्यको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो।

सो अवसरमा प्रमुख अतिथि पाण्डेले विचार, अभिव्यक्ति र स्वतन्त्रताको सुन्दर पक्ष रहेको बताउनुभयो।
“२०५१ मा माओबादि जनयुद्ध सुरु हुदा विभिन्न राजनिती दलहरुका बिचकाे चपेटामा नेपालकाे संचार क्षेत्र उम्किन सफल भएको हाे । संचारले बाेलेका कुराबाट नेपालकाे सार्वजिनक ठाउँ लाई उठाउने काम भइरहेकाे छ, प्रेेस स्वतन्त्रता , अभिब्यक्ति लाई जाेगाउन हरेक मजदुर लाई आठ घण्टा आराम, आठ घण्टा काम र आठ घण्टा मनाेरञ्जन दिने भन्ने भनाइ काल माक्स काे हाे । कम्युनिस्ट चिन्तन श्रमजिवि चिन्तन हाे ।”
प्रमुख अतिथि पाण्डेले भन्नुभयाे -“अमेरिका जस्तो क्षेत्रमा पत्रकार बाेल्न सक्ने अवस्था नरहेकाे भन्दै याे मानव सभ्यताका लागि खतरनाक अवस्था हाे । हामी कहिले पनि नथाकाैँ, कहिले पनि निवृत्त नहाैँ , हरेक मानिसको सफलता श्रमले निर्धारण गर्छ, माक्र्सवादले दिएकाे चिन्तन भनेकाे जित हाे, श्रमलाइ संस्कृतिकाे रुपमा विकास गर्नुुपर्छ ।”
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य गणेश आचार्यले सञ्चार मजदुरका समस्या प्रति संगठन सधैं गम्भीर रहेको बताउनुभयो।
अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष दुजमान भण्डारी , नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, नारायणी रजौरे, जनजाति पत्रकार संघ लुम्बिनी प्रदेशका अध्यक्ष प्रेमबहादुर राम्जा, नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का, नेकपा एमाले दाङका प्रचार विभाग प्रमुख संगीत वस्याल लगायतले शुभकामना मन्तब्य दिनु भएको थियाे ।
प्रेस चौतारी का गाेकर्ण पाडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सदस्य अरूण नेपालीले गर्नुभएको हो।

यसैबीच ,
प्रेस चौतारी नेपाल, तुलसीपुरको अध्यक्षमा पुनः बसन्त परियार निर्वाचित हुनुभएको छ । आज तुलसीपुरमा भएको नगर कमिटिको दोस्रो अधिवेसनबाट परियारको अध्यक्षतामा सर्वसम्मत रुपमा नया कार्यसमिति चयन गरिएको हो । जसको उपाध्यक्षमा प्रेम कुमारी मगर, सचिवमा कपिलमणी लामिछाने, सह–सचिवमा विस्मात केसी, कोषाध्यक्षमा भिम वली (एसवी), सदस्यहरुमा रोमा पुन, मनु डिसी, रोशन बोहरा, कुस्मा डाँगी र सबिता रोका चयन हुनुभएको छ ।

