लुम्बिनी प्रदेश सरकारले तुलसीपुर १८ मा एकिकृत आयुर्वेद अस्पताल निर्माणको प्रक्रिया सुरु गरेको छ । २ सय सैयाको अस्पताल प्रदेश सरकारले सहयोगमा निर्माण हुन लागेको हो । एम के आर्किटेक्ट मनिग्राम बुटवलले यसको डिपिआर तयार पारेको छ । यसको लागत कुल ६८ करोड ६६ लाख १७ हजार रहेको छ ।
वातावरणिय प्रभाब मुल्यांकनको जिम्मा सिर कन्सल्टेन्सी काठमाडौंले तयार पार्दैछ । यसैविच यसबारेमाा बेलझुण्डी स्थित विश्वविद्यालय परीसरमा प्रारम्भिक छलफल भएको छ । त्यस अवसरमा बोल्ने सहभागीले स्थानीय जनतामा समस्या नआउने गरि पुर्वाधार बिकासमा ध्यान दिनुपर्नेमा सुझाव दिएका छन ।
अस्पताल निर्माणका लागि आर्थिक वर्ष २०७८÷०७९ देखि नै बहुवर्षे आयोजना अन्तर्गत अस्पताल निर्माण गर्न थालेको हो । त्यस अवसरमा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले अस्पताल निर्माण क्षेत्रमा बोट बिरुवा,घनाबस्ती,मूहान क्षेत्र नभएकाले वातावरणीय दृष्टिकोणले खासै प्रभाव नपार्ने बताउनुभयो । लामोसमय देखिको प्रयासले सार्थकता पाउन थालकोमा नगर प्रमुख खड्काले खुसी ब्यक्त गरेका थिए । विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी देखि लिएर यस क्षेत्रका नागरीकको लागी सुविधा सम्पन्न आयुर्वेद अस्पतालको आवस्यकता रहेको उनले बताएका थिए ।
नेपाल संस्कृत विश्व विद्यालयका शिक्षाध्यक्ष प्राध्यापक डाक्टर भीमप्रसाद खतिवडाले दुई सय शैयाको एकिकृत आयुर्वेद चिकित्सा अस्पताल निर्माणले विश्वविद्यालयलाई आयुर्वेद शिक्षण अस्पतालको अभाव खड्किरहेको अवस्थामा विद्यार्थीहरुले प्रयोगात्मक अभ्यासका लागि अन्यत्र धाउनुपर्ने समस्या निराकरण हुने बताएका थिए । वैकल्पिक चिकित्सा,प्राकृतिक चिकित्सा,होमोपैथिक चिकित्साबाट उपचारको व्यवस्था गरिनेछ । त्यस अवसरमा तुलसीपुर १८ का वडाध्यक्ष माधव वली लगायतले बोलेका थिए ।