तुलसीपुर महाेत्सव,गायक पशुपति आउदा दर्शककाे भिड



तुलसीपुरमा गत मंसिर २५ गतेदेखि जारी लुम्बिनी प्रदेशस्तरीय प्रथम कृषि तथा पर्यटन महोत्सवको आज १३ औँ दिनमा पनि दर्शकको उल्लेख्य सहभागिता रहेको थियो ।
महोत्सबको १३औं दिनमा आज गायक पशुपति शर्मा, गायिका विन्दु परियार, मोडल आरुसी मगर, गायक प्रेमविवश घर्तीलगाएत राष्ट्रिय तथा स्थानियस्तरका कलाकारको प्रस्तुतीमा दर्शकहरु रमेका हुन् ।

त्यस्तै आजपनि १० हजार बढी दर्शकले मेला अवलोकन गरेको मेलाका सास्कृतिक सहसंयोजक प्रेम विवश घर्तीले जानकारी दिनुभयो । त्यस्तै भोलीपनि चर्चित कलाकारहरुको प्रस्तुती रहने उहाँले बताउनुभयो ।

भोलीपनि गायिका एलिना चौहान,गायक तथा मोडल रोशन सिंह, लोकदोहरी गायक तथा उद्घोषक दिपक खड्का,गायक प्रेमविवश घर्तीलगाएतका राष्ट्रिय तथा स्थानियस्तरका कलाकारको प्रस्तुती रहने उहाँले बताउनुभयो ।

तुलसीपुरमा आधुनिक पुस्तकालय स्थापना गर्ने मुख्य उद्देश्य लिएको महोत्सवमा स्थानीय उत्पादनको बजारीकरण तथा प्रवद्र्धन गर्ने समेत उद्देश्य रहेको आयोजकले जनाएको छ ।

महोत्सवमा विभिन्न प्रकारका तीन सय बढी स्टलहरू राखिएको छ । महोत्सव आगामी ९ गतेसम्म सञ्चालन हुने आयोजक युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ पुष ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्