नेपाल औषधि थोक व्यवसायी संघले मनायो सातौ स्थापना दिवस



No description available.

तुफानबाबु श्रेष्ठ ।
व्यवसायिक अधिकारको सुरक्षा संगै व्यवस्थित व्यवसाय भन्ने मुल नाराका साथ स्थापना भएको नेपाल औषधि थोक व्यवसायी संघको सातौ स्थापना दिवस केन्द्र देखी सातै प्रदेशमा बिभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ । दाङ जिल्ला समितीको आयोजनामा दाङमा पनि स्थापना दिवस बिभिन्न कार्यक्रम गरी सम्पन्न गरिएको छ ।

संघका अध्यक्ष शेषकान्त ढकालको अध्यक्षतामा भएको कार्यक्रममा औषधि थोक व्यवसायीहरुको लागि व्यवसाय व्यवस्थापनका आधारभुत सिद्धान्तहरु बिषयक तालिमको आयोजना गरिएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश अध्यक्ष शालिकराम आचार्यले तालिम कार्यक्रमको आवश्यकता माथि प्रकाश पार्नु भएको थियो । करिव २० जना औषधि थोक व्यवसायीहरुको सहभागिता रहेको उक्त तालिमको प्रमुख प्रशिक्षक चार्टर्ड एकाउन्टेन्ट दिपक सेठी रहनु भएको थियो । सेठीले विशेष गरी औषधि थोक व्यवसायीहरुको हालको अवस्थालाई मध्यनजर गर्दै व्यवसायमा लगानी, जनशक्तीको कार्यकुशलता र कुशल व्यवस्थापनमा निखार ल्याउनको लागि बिभिन्न सुचकहरुको बारेमा जानकारी गराउनु भएको थियो । तालिम कार्यक्रमको समापन समारोहमा प्रमुख अतिथी नेपाल औषधि थोक व्यवसायी संघका केन्द्रिय सदस्य शरदराज शर्माले व्यवसायीको लगानीको सुरक्षण, नाफाको न्युनतम ग्यारेन्टी र उधारोमा आधारित व्यापारको न्युनिकरण गरी व्यवसायको माध्यमबाट हुने उत्पादनलाई अझ बढी प्रभावकारी बनाउन राज्य स्तरबाट व्यवसायीमैत्री बातावरणको सिर्जना गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो । कार्यक्रमको सहजिकरण संघका सचिव मरिचमान धितालले गर्नु भएको थियो ।

स्थापना दिवसकै अवसर पारेर संघले नेपाल अपाङ्ग संघ खगेन्द्र नवजिवन केन्द्र दाङको अपाङ्गता गृहमा आश्रीत अपाङ्गता भएका व्यक्तिहरुलाई औषधीजन्य सामग्री हस्तान्तरण गरेको छ । नेपाल अपाङ्ग संघका शाखा उपाध्यक्ष निशान्त आचार्यले सामाजिक उत्तरदायित्व वहन गर्दै नेपाल औषधि थोक व्यवसायी संघले आफ्नो सातौ स्थापना दिवसको अवसर पारेर अशक्त अपाङ्गहरुलाई औषधीजन्य सामाग्री वितरण गरेकोमा खुशी व्यक्त गर्नुभएको थियो । अपाङ्गहरुलाई एडल्ट डाइपर्टहरु, फिनेल, युरिन व्याग, रुम स्प्रे, ग्लोव, मास्क लगायत गरी करिव १० हजार बराबरको सामाग्री हस्तान्तरण गरिएको थियो ।

No description available.

प्रकाशित मिति : २०७९ फाल्गुन ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस्