तुलसीपुर ६ गौलौरामा श्रीमदभागवत सप्ताह ज्ञानमहायज्ञको उद्घाटन

शुसासनयूक्त तरिकाले तुलसीपुरको विकाशमा लाग्ने उपप्रमुख चौधरीको प्रतिवद्धता


No description available.

तुलसीपुर उपमहानरपालिकाका उप प्रमुख स्यानी चौधरीले तुलसीपुरको विकाशका लागि सामाजीक तथा ब्यक्तिगत रुपमा प्रतिवद्ध भएर लाग्ने बताउँनुभएको छ । शुसासनयूक्त तरिकाले तुलसीपुरको हरेक जनताको सुख र खुसीका लागि काम गर्ने प्रतिपद्धता ब्यक्त गर्नुभएको हो । तुलसीपुर ६ गौलौरामा भईरहेको श्रीमदभागवत सप्ताह ज्ञानमहायज्ञको उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतीथी चौधरीले यस्तो बताउँनुभएको हो । महायज्ञका लागि आफनो तर्फबाट सक्दो सहयोग गर्ने उपप्रमुख चौधरीले प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

No description available.

No description available.
कार्यक्रममा वडा न. ६ का वडा अध्यक्ष दुजमान भण्डारी, वडा न. १० का वडा अध्यक्ष एमराज के.सी. ,शिव मन्दिर ब्यवस्थापन समितीका सल्लाहकार तेज बहादुर डांगी, लक्ष्मी नारायण मन्दिरका सचिव डिल्लीराज रेग्मी, शसस्त्र प्रहरी निरीक्षक अशोक अधिकारी, रासस प्रमुख नारायणि रजौरे लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

No description available.

 

महायज्ञ उद्घाटन अघि विभीन्न भेषभुषा सहितको र्याली गोलौरा गाउँ परिक्रमा गरेको थियो । मन्दिर भवन निर्माण गर्ने उद्धेश्यले महायज्ञ संचालन गरेको आयोजकले जनाएको छ । महायज्ञको प्रमुख कथा वाचकमा स्वामी केशावाचार्य सुर्यपाकी रहनुभएको छ भने उपवाचकमा खगेण्द्र पण्डित रहनुभएको छ ।

No description available.

No description available.

मुल आयोजक समितीका संयोजक लोकराज डांगीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । समितीका उपाध्यक्ष शान्ता वटालाको स्वागत मन्तब्य बाट शुरु भएको उद्घाटन कार्यक्रमको शहजीकरण महायज्ञ मुल समितीका सचिव डम्वर डांगी र सन्तोष वलीले गर्नुभएको थियो ।

No description available.

No description available.
आज देखी शुरु भएको महायज्ञ फागुन २८ गते सम्म संचालन हुनेछ । महायज्ञ अवधिभर तुलसीपुर नगर जेसीजले स्वास्थ्य सहायता कक्ष स्थापना गरेको छ । भक्तजनहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै सो कक्ष स्थापना गरेको हो ।

No description available.

प्रकाशित मिति : २०७९ फाल्गुन २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस्