सुरक्षित आप्रवासनको विषयमा जनप्रतिनीधीहरुसँग छलफल



No description available.

 

रीता लामा

घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र ववई गाउँपालिका द्धारा संचालित सुरक्षित आप्रवासन कार्यक्रम (सामी)ले आज घोराही उपमहानगरपालिका भित्रका जनप्रतिनीधिहरुसँग आप्रवासनको विषयमा छलफल गरेको छ ।

कार्यक्रममा उपस्थित सहभागिहरुले पछिल्लो समयमा वैदेसिक रोजगारको नाममा समस्यामा पर्ने क्रम बढेको भन्दै चिता व्यक्त गरेको थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले पछिल्लो समय ठगीमा पर्ने, अलपत्र पर्ने र विभिन्न किसिमका समस्याहरुमा पर्ने क्रम बढ्दै गएको भन्दै यसलाई वेलैमा न्युनिकरण गर्नको लागि जनप्रतिनीधि र त्यहाँका अगुवाहरुले महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताएका थिए ।

कार्यक्रममा बोल्दै घोराही उपमहानगरका नगरप्रमुख नरुलाल चौधरीले जनताहरुले नेपाल सरकारले बनाएको नीति, कार्यक्रम र वैदेसिक रोजगारको विषयमा भएका व्यवस्थाहरुको बारेमा लक्षित वर्गहरुमा सुचना सम्प्रेशण आजको आवश्यकता भएको बताउनुभयो । उहाँले सुचना अभाव कै कारण पछिल्लो समय वैदेसिक रोजगार, सुरक्षित, व्यवस्थित र मर्यादित बन्न नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

No description available.

यस्तै नगरउपप्रमुख हुमा कुमारी डिसीले वैदेसिक रोजगारको विषयमा जनचेतना विस्तारको जिम्मा स्थानिय सरकारको भएको भन्दै जनप्रतिनीधिले यस विषयमा सक्रियाता लिनुपर्ने बताउनुभयो । उहाँले जनताको नेतृत्व गरिरहेको जनप्रतिनीधि जिम्मेवार भएको प्रस्तुत हुनुपर्ने बताउनुभयो ।

No description available.
कार्यक्रममा उपमहानगरका प्रशासकिय अधिकृत भोजराज घिमिरेले नेपालमा वैदेसिक रोजगारको क्षेत्रमा भएको नीतिगत सुधार, ऐन, कानुन, नियमावाली स्थानिय सरकारलाई संविधानले दिएको जिम्मेवारीलगायतको विषयमा जानकारी गराउनुभएको थियो । उहाँले वैदेसिक रोजगारको अवस्थामा सुरक्षित हुने वातावरण र फर्किएकाहरुको सीप, पँजीलाई सबै जिम्मेवार निकायले व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले वैदेसिक रोजगारमा देखिएका विभिन्न समस्या, त्यसको न्युनिकरण र चुनौतिको विषयमा समेत जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा सुरक्षित आप्रवासन कार्यक्रम (सामी)की कार्यक्रम संयोजक बसन्ती पुनले सामीले गरेको गतिविधि र चालु आर्थिक बर्षमा भएको प्रगतिविवरणको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा पालिका भित्रका सबै वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु र विभिन्न सरोकारवाला निकायहरुको सहभागिता थियो ।

प्रकाशित मिति : २०८० जेष्ठ ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्