आत्मनिर्भर लघुबित्त बित्तिय संस्था लिमिटेड घोराही दाङले आज एक कार्यक्रमको आयोजना गरी ४जनालाई राहत तथा खाद्यान्न सामाग्री बितरण गरेको छ । संस्थाले राहत कोष अन्र्तगत विपन्न तथा अपांगता भएका ब्यक्तिहरुलाई राहत वितरण गर्दै आएको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत सोगतबीर चौधरीले संस्थाले बर्षेनी सामाजिक उत्तरदायित्तव कोष अन्र्तगत संस्थाको कार्यक्षेत्र भित्र रहेका अत्ति बिपन्न तथा बिभिन्न समस्याहरु बाट ग्रसीत ब्यक्तिहरुलाई राहत तथा खाद्यान्न सामाग्री र शैक्षिक सामाग्रीहरु बितरण गर्दै आएको बताउनुभयो ।
यस बर्षपनि संस्थाले राहत कोष अन्र्तगत नै आज घोराही १८ नवलपुर निवासी मृगौला पिडित प्रतिमा चौधरी लर घोराही १७ गुलरिया निबासी प्यारालाईसिस पिडित सिर्जना चौधरीलाई नगद दश दश हजार राहत स्वरुप वितरण गरेको छ । यस्तै तुलसीपुर १५ चौपरिया निबासी आगलागी पिडित सिता खड्का र घोराही १५ काठेकोहल निबासी शारिरिक अपाङता भएका महाबिर रोकालाई ५ हजार बराबरको खाद्यान्न सामाग्री चामल, दाल, तेल, नुन, लुगाधुने साबुन, सलाई लगायतको राहत सामाग्री हस्तान्तरण गरिएको हो ।
आत्मनिर्भर लघुबित्त बित्तिय संस्था लिमिटेडलाई ग्रामीण महिला उत्थान केन्द्र दाङले प्रर्बद्धन गरेको हो ।