घुम्ती कोष बितरण कार्यक्रम अन्र्तगत १५ वटा समुहका १५ जना कृषकहरुलाई रकम वितरण गरीएको छ । समृद्ध समाज दंगीशरणको आयोजना,सहकर्मी समाजको प्राबिधिक सहयोग तथा बिकाश कोष नर्वेको आर्थिक सहयोगमा घुम्तीकोष वितरण गरिएको हो ।
समिक्षा योजना निर्माण तथा घुम्तीकोष बितरण कार्यक्रममा उक्त कोष वितरण गरेको समृद्ध समाजका राजकुमारी चौधरीले जानकारी दिनुभयो । दंगीशरण गाउँपालिकाभित्र ७२ वटा समुह निर्माण गरी महिलाहरूलाइ आयआर्जन तथा जिबिकोपार्जनको पाटोमा बलियो बनाउन विभिन्न कार्यक्रम गर्दै आएको सस्थाले सोमबार एक कार्यक्रमकाविच घुम्तीकोष बितरण कार्यक्रमको आयोजना गरेको हो । उनिहरुको ब्यबसायको मुल्यांकन गर्दै नगद २० हजार र २५ हजारका दरले घुम्तीकोष बितरण गरीएको थियो ।
घुम्ती कोष बितरण कार्यक्रममा विभिन्न किसिमका व्यवसायहरू पशुपालन, चाट पानीपुरी पसल, तरकारी खेती तथा नर्सरी बिउ उत्पादन, संचालन गर्नका लागि ७ वटै वडामा गठित १५ समूहका १५ जना सदस्यहरूलाई जम्मा तिन लाख पैसठ्ठी हजारको घुम्तीकोष रकम वितरण गरीएको हो ।
कोष बितरण कार्यक्रम समृद्ध समाज दंगीशरणका अध्यक्ष अध्यक्ष दिल कुमारी बिकको अध्यक्षता तथा वडा न ४ का अध्यक्ष कमल थारुको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएकोहो ।