नेपाल स्वयमसेवक संघ नगर स्तरीय भेला तुलसीपुरमा सम्पन्न

सामाजीक कार्य हाम्रो दायीत्व ः प्रवक्ता वली


May be an image of 11 people
नेपाल स्वयमसेवक संघ दाङ जील्लाको पहिलो नगर स्तरीय भेला आज तुलसीपुरमा सम्पन्न भएको छ । भेलाले तुलसीपुर नगर पालीका स्तरी नेपाल स्वयमसेवक संघका अध्यक्ष जति बहादुर खड्काको अध्यक्षतामा तुलसीपुर नगर स्तरीय कमिटि गठन गरेको छ । जसको उपाध्यक्षमा तुल बहादुर वि.क., सचिवमा आशा कुमारी नेपाली, सह –सचिवमा सशी भण्डारी र कोषाध्यक्षमा ईन्दीरा भट्राई रहनु भएको छ ।

यस्तै सदस्यहरुमा कमला अधिकारी, पल बहादुर वली, पबीत्रा अधिकारी, शोभा खनाल, देब बहादुर खत्री, भिमा आचार्य, सरस्वती भुषाल भण्डारी, तारा वि.क., रुद्र बहादुर परियार, पुष्पा शाह, त्रीभुवन शर्मा, उमा खत्री, शान्ता पुन, आशा जि.सी.अधिकारी, देवीराम गुरुङ्ग, प्रेम कुमारी वि.क.,पार्वता कामी, डिला विश्वकर्मा रहेका छन् ।

यस्तै संघको सल्लाहकारमा नगर प्रमुख टिकाराम खड्का, ईलाका प्रशासन कार्यालय प्रमुख यज्ञ बहादुर बुढा, चेम्वर्स अफ कमर्शका अध्यक्ष टोप बहादुर घर्ती, कमल पोख्रेल, दरीभान रोका रहनुभएको छ । भेलाले नगरको १९ वटा वडा समेट्ने गरी नगर स्तरीय भेला गठन गरेको हो । यो भन्दा अघि दाङका दश वटै पालीकामा नेपाल स्वयमसेवक संघ दाङ समिती गठन गरिसकेको छ । अवका दिनमा नगर, पालीका र वडा स्तरीय स्वयमसेवक संघ गठन गर्ने संस्थाले जनाएको छ ।

सामाजीक कार्य हाम्रो दायीत्व ः प्रवक्ता वली

नेपाल स्वयमसेवक संघ दाङ जिल्ला फोकल पर्सन माधवा शर्मा पोख्रेलको अध्यक्षता तथा नगर प्रवक्ता माधव वलीको प्रमुख आतीथ्यमा भेला सम्पन्न भएको हो ।

May be an image of 1 person, dais, temple, hospital and text
भेलालाई सम्बोधन गर्दै प्रमुख अतीथी वलीले समाज परिवर्तनका लागि सामाजीक उत्तरदायीत्व निर्वाह गर्नका लागि स्वयमसेवक भएर काम गर्नुपर्ने बताउँनुभयो । सामाजीक कार्य हाम्रो दायीत्व रहेको भन्दै सबै पैसाकै पछाडि लागेकाले समृद्ध समाज निर्माण हुन नसकेको बताउँनुभयो । उहाँले सहयोगी भावनाको विकास भएमा मात्र हरेक चिजलाई परिवर्तन गर्न सकिने भन्दै समाजमा सामाजीक उत्तरदायीत्व निर्वाह गर्नु जरुरी रहेको बताउँनुभयो । “हामीमा स्वार्थको भावना पैदा भएको छ । यसले गर्दा हामी पछाडि छौँ । हाम्रो समाज पछाडि छ । हामी स्वयमसेवक भएर काम गर्न भन्दा पनि हरेक कामलाई आर्थीक संग जोड्ने गरेकाले अहिले मानीसमा स्वार्थको भावना पैदा भएको छ । यसले परिवार ,समाज र यो राष्ट्रलाई हानी गर्नेछ । ” प्रमुख अतीथी वलीले भन्नुभयो । समाजमा हुने हरेक गतीविधिहरु सेवा गर्नुपर्छ भन्ने भावनाका साथ कार्यमा खटिन युवावर्गलाई आग्रह गर्नुभयो । साथै उहाँले नगर प्रवक्ताको हेसीयतले सधै आफु स्वयमसेवामा अग्रसर हुने समेत प्रतीवद्धता ब्यक्त गर्नुभयो ।

May be an image of 1 person
सो अवसरमा विशीष्ट अतीथी चेम्वर्स अफ कमर्शका अध्यक्ष टोप बहादुर घर्तीले स्वयसेवक भएर समाजमा हुने हरेक गतीविधीमा अग्रसर भएर काम गर्नुपर्ने बताउँनुभयो । आर्थीक संग जोडिएर भन्दा पनि समाजमा आफनो पहिचान बनाउँनका विसुद्ध रुपमा समाज सेवामा लाग्नुपर्ने बताउँनुभयो । “बालबालिका तथा युवा वर्गलाई परिचित गराउदै बालबालिका तथा युवावर्गलाई जनसेवी बनाउनु सबैको दायीत्व हो यसकारण पनि हामी सामाजीक हुन जरुरी छ ।” उहाँले भन्नुभयो । भोली समाजलाई यो राष्ट्र लाई एक सक्षम, असल र कर्मनिष्ठ नेतृत्वकर्ता चाहिने भएकाले पनि यसरी नै काम गर्दै जानुपर्ने आवश्यक रहेको उहाँले बताउँनुभयो ।

May be an image of 4 people, people studying and text
कार्यक्रममा नेपाल स्वयमसेवक संघ दाङका सुचना संयोजक दिप्तीशिखा चौधरीले दाङका दश वटै पालीकामा स्वयमसेवक गठन गरि सामाजीक कार्य गर्नु आजको आवश्यक्ता भएको बताउँनुभएको थियो । उहाँले दैवी प्रकोप तथा दुर्घटनामा परेका व्यक्तिहरूको उद्धार तथा सहायता कार्यमा नेपाल स्वयंसेवकलाई परिचालन गर्न सहज हुने भएकाले स्ंवयमसेवक दाङले अभियानका रुपमा कार्यक्रम संचालन गर्नु आजको आवश्यक्ता रहेको बताृँनुभयो ।

May be an image of 2 people, people smiling and flower

May be an image of 5 people

कार्यक्रमको शहजीकरण नेपाल स्वयमसेवक संघका नगर संयोजक जित बहादुर खड्काले गर्नुभएको थियो ।

May be an image of 5 people, people studying and text
के हो ? नेपाल स्वयमसेवक संघ

विसं २०७६ मा स्थापना भएको यस संस्थाले खासगरी देशमा रहेका बेरोजगार युवा, शिक्षित तर पहिचान गर्न नसकिएका दक्ष जनशक्तिलाई एकिकृत् गरी उनीहरूभित्र रहेका सम्भावित क्षमताको उजागर गर्नु गराउनु यसको मुख्य उद्धेश्य हो । २० वटा सस्ंथासंग सहकार्य गरि कार्यक्रम गरिरहेको यो सस्ंथा नेपाल भरी छरीएर अभियान स्वरुप अगाडी बढेको छ ।

समाजमा विसंगतीका रुपमा हुने कार्यमा खवरदारी गर्ने, हरेक समस्याको समाधान गर्ने, स्वास्थ्य, वातावरण, भू–संरक्षण तथा प्राकृतिक श्रोतको उपयोगसम्बन्धी विभिन्न जनउपयोगी कार्यक्रम संचालन गर्न युवा जनशक्ति परिचालन गर्ने, गराउने, सामुदायिक सेवा तथा जनहित सम्बन्धी कार्य गर्ने गराउने ,समाजका हरेक वर्ग तथा समुहलाई शिक्षित पार्न शिक्षा लगायत विभिन्न कार्यक्रमहरू संचालन गर्ने जस्ता सामाजीक कार्यमा तल्लीने हुने यस संस्थाको लक्ष्य रहेको छ । साथै समाजमा रहने हरेक तह र तप्काका मानव स्रोतहरूको व्यक्तिगत विकास र उनीहरूको क्षमतालाई प्रत्यक्ष आफ्नै समुदायमा लगानी गर्न सकिने आधारको खोजी पनि यो संस्थाको मूल उद्धेश्य हो ।

प्रकाशित मिति : २०८० असोज १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्