राष्ट्रिय सभाका पुर्व सदस्य कोमल वलीले मेहनत बिनाको फलको समिक्षा गर्न भन्दा पनि पार्टि बलीयो बनाउँन मेहेनत गर्न जरुरी रहेको बताउँनुभएको छ । एक अर्काप्रती वैभाव राख्नाले सदभाव कायम नभएकाले पार्टि विचलीत भएको उहाँको भनाई थियो । दंगीशरण गाउँपालिकामा नेकपा एमालेले आयोजना गरेको दशैँ मिलन तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतीथी समेत रहेकि वलीले मिसन ग्रासरुट अभियानले उद्धेश्य अनुरुप सफल हुन नसकेको गुनासो गर्नुभयो । अव मिसन चौरासीलाई सफल पार्न सबै पार्टिपंक्तिका नेताहरु संगठित हुन जरुरी रहेको उहाँको भनाई थियो । एकले अर्कोलाई नस्वीकार्दा सम्म नअपनाउँदा सम्म जनताको समस्याहरु सम्बोधन हुन नसक्ने उहाँको भनाई थियो । अवका दिनमा पार्टि जनताको घरघरमा, टोलमा , गाउँगाउँमा जनताको समस्यासंग हातेमालो गर्दै अगाडि पढ्न नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।
”जनताका समस्या सुल्झाउँन पार्टि बलीयो बनाउँनुस् । पार्टिपंक्तिमा गुनासा, समस्या, सुझाव, सल्लाह र स्पष्ट तरीकाले आफनो कुरा राख्न सकेमा मात्र पार्टिलाई मजवुत ढंगले अगाडि बढाउँन सकिन्छ । यसमा सबै गम्भीर हुन जरुरी छ । आफु र पार्टि बलीयो बनाउँन बेस बाट बलीयो भएर अगाडि बढ्नुपर्छ ।”– उहाँले भन्नुभयो ।
कार्यक्रममा जिल्ला अध्यक्ष हुकुम बस्नेतले समस्या मात्र नदेखाई समस्या संग जुध्नु एमालेको धर्म भएको बताउँनुभयो । ” काम भन्दा पनि अरुलाई गाली, गुनासा धेरै गर्छौ यसको अन्त्य हुनुपर्छ । पार्टिको हितका निम्ती कोहि नेता होईन कोहि कार्यकर्ता होईन सबै हामी पार्टिको लागि काम गर्ने यौग्य ब्यक्ति हो ।
सो अवसरमा लेखा आयोगका केन्द्रिय सदस्य साबित्रा विश्वकर्माले कार्यकर्ताहरुमा निरासा पैदा नगराउँन नेकपा एमालेका नेताहरु एक हुन जरुरी रहेको बताउँनुभयो । द्धन्द्ध बढाएर पार्टि फुटाउँने काममा लागेकाहरुलाई बिफल बनाउँनुपर्ने उहाँको भनाई थियो ।
यस्तै लुम्बीनी प्रदेश सदस्य सिमा न्यौपानेले जनताहरु संग जोडिएर हरेक काम कार्य गर्नुपर्ने बताउँनुभयो । अवको मिसन ८४ भनेको जनता संगसंगै रहेर अभियान चलाउँनुपर्ने बताउँनुभयो ।
यस्तै क्षेत्रीय सदस्य मेघराज भुषालले नकपा एमाले मास पार्टिको रुपमा हुन जरुरी रहेको बताउँनुभयो । अनर्तबिरोधका कारण पार्टि बलीयो हुन नसकेको भन्दै योजना अनुरुप जनताको बिचमा जानुपर्ने बताउँुभयो ।
यस्तै जिल्ला सदस्य दाङ ३ ख का संयोजक एम.एन शाहलेआपसी द्धन्द्धलाई परास्त गर्दै सहयोग र सहकार्य मार्फत पार्टिलाई बलीयो बनाउँन तर्फ सबै लाग्नुपर्ने बताउँनुभयो । चुनाव केन्द्रित अभियान मात्र नभएर हरेक समयमा पार्टि संंगठित हुन अभियान मार्फत नै भेटघाट तिव्र बनाउँनुपर्ने बताउँनुभयो ।
बबई गाउँपालिकाका निर्वतमान अध्यक्ष भुवनेशवर पौडेलले पार्टिमा पुराना अनुहार मात्र देखीने भएकाले अव नँया अनुहार देखिने गरि नयाँ सदस्य थप गर्न तर्फ लाग्नुपर्ने बताउँनुभयो । पार्टिमा संचालन गर्न युवाहरु समेट्नुपर्ने भन्दै हरेक अभियानहरु म्हिलामुखी, जेष्ठनागरीकमुखी, यूवामुखी हुन जरुरी रहेको बताउँनुभयो ।
नेकपा एकाले दंगीशरण अध्यक्ष रेसम वलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । दंगीशरण ईञ्चार्ज भागिराम चौधरीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको शहजीकरण ईश्वरी गौतमले गर्नुभएको थियो । चियापान कार्यक्रममा नेकपा एमालेका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।