जाजरकोट भूकम्प घाइते सङ्ख्या २ सय ८, १ सय ५७ को मृत्यु



जाजरकोट भूकम्पः १० तस्वीरमा हेर्नुस

जाजरकोट भूकम्पमा परी घाइते हुनेहरूको सङ्ख्या बढेर २ सय ८ पुगेको छ । घाइतेहरू ९ वटा जिल्लाको रहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।

घाइतेहरूमा जाजरकोटका १ सय ६ जना, रुकुम पश्चिमका ८६ जना, दैलेख, प्युठान, बैतडी र जुम्लाका ३–३ जना, सल्यानका २ जना तथा रोल्पा र दाङका १–१ जना छन् ।

यता भूकम्पमा परी हालसम्म १ सय ५७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोटका १०५ तथा रुकुम पश्चिमका ५२ जना रहेका छन् ।

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस्