घोराहीकी १४ वर्षीया किशोरी सम्पर्क बिहीन भएकी छिन् । घोराही १८ निवासी मुन्नी खातुनकी १४ वर्षीया छोरी आइशा खातुन सोमबार दिउँसो ३ बजेदेखि सम्पर्क बिहीन भएकी हुन् ।
दिउँसो ३ बजेको समयमा ग्वालोबल बैंक घोराही शाखामा ५ हजारको चेक लिएर साट्न गएकी उनी पैसा निकालेपछि घरमा नगएर सम्पर्क बिहीन भएको आमा मुन्नीले बताउनुभयाे ।
घोराही स्थित अल्फा बोडिङ स्कुल कक्षा ९ मा अध्ययनरत आईशा अहिलेसम्म कहिकतै पत्ता नलागेको आमाले बताउनुभयाे । बैंकबाट पैसा निकालेर निस्केको सिसि टिभीमा देखिएपनि बैंकको बाहिरको क्यारमरा बन्द भएकाले छोरी कता गएको भन्ने केही पत्ता नलागेको आमा मुन्नीले काे भनाइ छ।
आईशालाई देख्नुहुने जो कोहीले ९८१०८५८९९८ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।
प्रकाशित मिति : २०८० पुष १७ गते मङ्गलवार