तुलसीपुर नगर जेसिजको १२ औं पद हस्तान्तरण कार्यक्रम



 

तुलसीपुर नगर जेसिजको १२ औं पद हस्तान्तरण कार्यक्रम गरिएको छ । वर्ष २०२४ का नव निर्वाचित पदाधिकारीलाई वर्ष २०२३ का पदाधिकारीले पद हस्तान्तरण गरेका छन् ।

वर्ष २०२३ का अध्यक्ष शालिकराम वलीले नव निर्वाचित वर्ष २०२४ का अध्यक्ष पूणर् बिक्रम डाँगीलाई पद हस्तान्तरण गर्नुभएको हो ।

वर्ष २०२४ का अध्यक्ष डाँगीले आफ्नो कार्यकालमा युवालाई सकारात्मक सोचको बाटोमा लैजान आवश्यक परामर्शसहित विद्यालयस्तरमा शैक्षिक कार्यक्रम गरिने बताउनुभयो ।

त्यस अवसरमा लुम्बिनी प्रदेशका मूख्यमन्त्री डिल्ली बहादुर चौधरीले युवालाई आर्थिक रुपान्तरणमा जोडिन आग्रह गर्नुभयो ।

उहाँले गाली नेतालाई गर्ने तर काम कसैले नगर्ने प्रवृति बढ्दै गएको भन्दै युवा अब आर्थिक रुपान्तरणमा लाग्नुपर्ने बताउनुभयो ।

मूख्यमन्त्री चौधरीले उद्यम गर्ने योजनासहित आएमा युवालाई प्रदेश सरकारले आवश्यक सहयोग गर्न सकिने बताउनुभयो ।

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसी युवाको व्यक्तित्व विकासमा जेसिजले महत्वपूणर् भूमिका खेलेको बताउनुभयो । उहाँले जेजिसको नेतृत्व जस्तै राजनीतिमा पनि त्यसै अनुरुप आउनुपर्ने बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामबहादुर जिसीले युवा आर्थिक सामाजिक रुपान्तरणमा अघि बढ्नुपर्ने बताउनुभयो ।

युवालै नै हरेक परिवर्तनमा महत्वपूणर् भूमिका खेलेको भन्दै उहाँले अब आर्थिक रुपान्तरणमा पनि युवाको भूमिका सशक्त बन्नुपर्ने बताउनुभयो ।

त्रिसिदेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालले युवालाई सकारात्मक काममा लैजान जेसिजले महत्वपूणर् भूमिका खेलिरहेको बताउनुभयो ।

यस्तै तुलसीपुर नगर जेसिजका पूर्वअध्यक्ष झरेन्द्र खरेलले जेसिजले बिगतदेखि नै सामाजिक काम गरिरहेको बताउनुभयो ।

त्रिभुवननगर जेसिज वर्ष २०२४ का अध्यक्ष रविकिरण केसी, दाङ लेडि जेसिज वर्ष २०२४ का अध्यक्ष जुनु कुमारी बुढा, नेपाल जेसिज वर्ष २०२४ उपाध्यक्ष सीता भण्डारी लगायतले युवाको व्यक्तित्व अनि नेतृत्व विकासमा जेसिजको भूमिका महत्वपूणर् रहेको बताउनुभयो । कार्यक्रमको सहजीकरण महासचिव कमलप्रकाश शर्माले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० पुष २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस्