तुलसीपुर उपमहानगरले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस बिबिध कार्यक्रम गरि मनाउने



अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा तुलसीपुर उपमहानगरले बिबिध कार्यक्रम गरि दिवस मनाउने भएको छ । उपमहानगरपालिकाले दिवसका अवसमहिला श्रमिकलाई सम्मान गर्ने भएको छ ।

उपमहानगरको महिला, बालबालिका तथा सामाजिक विकास शाखाले ११४ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विभिन्न पेशामा आवद्ध १४ जना महिला श्रमिकलाई सम्मान गर्न लागेको हो ।

पञ्चेबाजा बजाउने, जुत्ता सिलाउने र पत्रकारीता क्षेत्रमा कार्यरत महिलालाई सम्मान गर्न लागिएको शाखा प्रमुख माया श्रेष्ठले जानकारी दिनुभयो । फागुन २३ गते दिउँसो २ बजे कार्यक्रमको आयोजना गरी श्रमिक महिलालाई सम्मान गर्न लागिएको उहाँले बताउनुभयो ।

दिवस मनाउन आइतबार दिउँसो गरिएको तयारी भेलामा सामाजिक विकास शाखा संयोजक मान बहादुर रावतले सम्मानले श्रमिक महिलाको हौसला बढ्ने बताउनुभयो । उहाँले आर्थिक रुपले विपन्न तर विभिन्न श्रममा जोडिएका महिलाको सम्मान गर्न लागिएको बताउनुभयो । यस्तै पञ्चेबाजाको संरक्षणका लागि जुटेको महिला समुहलाई पनि सम्मान गरिने बताउनुभयो ।

उपप्रमुख स्यानी चौधरीले हरेक नागरिक सक्षम र जागरुक भए दिवस मनाउनुनपर्ने बताउनुभयो । उहाँले हरेक वर्ष मनाउने दिवसले केहि भएपनि सचेतना दिने भएकाले दिवस मनाउने गरिएको बताउनुभयो । महिला अधिकारकर्मी युवा कराराले दिवसमा श्रमिक महिलालाई सम्मान गरिनु सकारात्मक पक्ष भएको बताउनुभयो । दिवसको अवसरमा फागुन २३ गते तुलसीपुर उपमहानगरपालिकाको प्रांगनमै कार्यक्रमको आयोजना गरिएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २० गते आइतवार
प्रतिक्रिया दिनुहोस्