तुलसीपुर उपमहानगरपालिकाले पोलियो विरुद्धको(आई.पी.भी)खोप अभियान संचालन गर्ने भएको छ ।
उपमहानगरको स्वास्थ्य महाशाखाले आज गरेको खोप सम्बन्धी अभिमुखीकरण कार्यmक्रममा जेठ १३ गतेदेखि १७ गतेसम्म खोप अभियान संचालन गर्ने जानकारी दियो । कार्यक्रममा बोल्दै उपमहानगर प्रमुख टिकाराम खड्काले २०७३ देखि ०७५ सालसम्म खोप लगाउन छुटेका बालबालिकालाई पोलियो विरुद्धको(आई.पी.भी)खोप दिइने जानकारी दिनुभयो ।
उपमहानगर प्रमुख खड्काले लक्षित बालबालिकासम्म पुगेर खोप अभियान संचालन गरिने बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य महाशाखा प्रमुख ओमप्रकाश न्यौपानेले २०७३ देखि ०७५ सालमा खोप पाउनबाट बञ्चित तुलसीपुर उपमहानगर भित्रका ११ हजार ५ सय ८ जना बालबालिकालाई यसपटक खोप दिइने छ । उममहानगरका सबै बिद्यालयमा पुगेर खोप दिइने छ ।
त्यसैगरी ईट्टा भट्टामा भएक बालबालिकालाई पनि त्यहीँ पुगेर खोप लगाइने छ । अभियानको अन्तिम दिन जेठ १७ गते तुलसीपुर उपमहानगर भित्रका सबै स्वाथ्य संस्थामा खोप लगाइने जनस्वास्थ्य निरीक्षक विमल केसीले जानकारी दिनुभयो । खोपको अभाव भएपछि त्यतिबेला बालबालिका आई.पी.भी.खोप पाउनबाट बञ्चित भएका थिए ।