दाङ तुलसीपुरबाट सञ्चालन भई रहेको इगल खबरको प्रथम वार्षिकोत्सवको अवसरमा बिरामीहरुलाई फलफूल वितरण गरिएको छ ।
बिहिवार राप्ती प्रादेशिक अस्पताल इमरजेन्सी वार्ड, सर्जिकल, एनआईसियु, प्रसुति वार्डका बिरामीहरुलाई फलफुल वितरण गरिएको हाे ।
प्रमुख अतिथि तथा युवा ब्यवसायि दिपक के.सि.ले छाेटाे समयमा परिचित भएको अनलाइन मिडियाले समाज रुपान्तरणका लागि कलम चलाउनुपर्ने बताउनुभयो । समय अनुशार अगाडि बढ्नु पर्ने भन्दै हरेक निकायलाई झक्झक्याने र खवरदारी गर्ने गरि काम गर्नु सुझाव दिनुभयाे ।
साे अवसरमा बिशिस्ट अतिथि नेपाल पत्रकार महासंघ दाङका सह- सचिव दिप्तिशिखा चाैधरीले बजारमुखि पत्रकारिता भन्दा गाउँमुखि पत्रकारिता गर्न अग्रसर हुनुपर्ने बताउनुभयाे । समाजलाई सुचनासंग जाेड्नका लागि पत्रकारकाे महत्वपूर्ण हात हुने भएकोले समय सापेक्ष सुचना सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । मिडियालाइ पत्रकारिताकाे नंश भित्र रहेर संचालन गर्नुपर्ने बताउनुभयो ।
साे अवसरमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुर प्रशासन शाखाका थानबहादुर केसीलगायतकाले शुभकामना दिनु भएको थियो ।
एचआर मिडिया हाउसकी अध्यक्ष निमा रानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हाे ।
पत्रकार विकास डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण गणेश भण्डारीले गर्नु भएको थियो ।
इगल खबरको प्रथम वार्षिकोत्सवको औपचारिक कार्यक्रम भदौ ७ गते मेट्रो होटल दोघरेमा गर्ने इगल खबरका सञ्चालक एचआर मगरले जानकारी दिनुभयो ।