सुनिश्चित भविष्यका लागि गुणस्तरीय शिक्षा : अध्यक्ष जाेशी



दाङ जिल्ला उद्याेग वाणिज्य संघका अध्यक्ष बसन्त जाेशीले बालबालिकाकाे सुनिश्चित भविष्यका लागि गुणस्तरीय शिक्षा आवश्यक रहेकाे बताउनु भएकाे छ।

६०ओैँ बालदिवसकाे अवसरमा दाङकाे घाेराहीस्थित राजविद्या पाठशालाले आयाेजना गरेकाे कार्यक्रम बाेल्दै प्रमुख अतिथि जाेशीले बालबालिका भविष्यकाे कर्णधार भएका कारण उनीहरूका लागि गुणस्तरीय शिक्षा आवश्यक रहेकाे बताउनु भयो  ।

`बालबालिकाकाे सुनाैलाे भविष्यका लागि विद्यालय र अभिभावककाे भूमिका महत्त्वपूर्ण रहन्छ । अभिभावक र विद्यालयकाे लगानीलाई बालबालिकाकाे भविष्यसँग जाेडिएकाे हुन्छ । पाठ्यक्रमले तय गरेकाे शिक्षाका साथै अतिरिक्त क्रियाकलापका माध्यमबाट विद्यार्थीहरूमा रहेका अन्तर्निहित क्षमतालाई प्रस्फुटन गराउन विद्यालयले महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ । विद्यालय पढाइका साथसाथै विद्यार्थीलाई सिपमूलक तथा व्यवहारिक शिक्षा आवश्यक रहन्छ ।´ जाेशीले भन्नुभयाे ।

कार्यक्रममा शैक्षिकसत्र २०८१ मा विद्यार्थीले गरेका विभिन्न अतिरिक्त क्रियाकलापका पुरस्कार तथा अवार्ड वितरण गरिएकाे थियाे । साथै विद्यार्थीहरूले विभिन्न नृत्य, याेगा तथा तेक्वान्दो प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अभिभावक मङ्गलाकान्त झा, तिलक रावतलगायतले मन्तव्य राखेका थिए ।

विद्यालयका प्रिन्सिपल टिकाजङ्ग बिकेकाे अध्यक्षतामा  कार्यक्रम सम्पन्न भएको हाे । छात्रा राविया बस्नेतकाे स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमकाे सहजीकरण शिक्षिका विद्या नेपाली र छात्रा विपासा बाेहराले गरेका थिए ।

प्रकाशित मिति : २०८१ भाद्र २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस्