चाडपर्वलाई लक्षीत गर्दै तुलसीपुर १७ मानपुरका विभीन्न ठाउँमा सरसफाई



तुलसीपुर उपमहानगरपालिका वडा न. १७ मानपुरमा बाटो सरसफाई तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । चाडपर्वको समयमा सफाई गर्ने अभियान अनर्तगत सफा रहौँ स्वस्थ बनौँ, आफनो टोल आफै बनाउँ भन्ने मुल नाराका साथ भट्टे कुला टोल विकास स्ंथाले सरसफाई कार्यक्रमको आयोजना गरेको हो ।

सरसफाई कार्यक्रम अन्र्तगत पिपल चौतारा देखि भट्टेकुला हुदै पलटिंग बस्ती हुदै मानपुर चोक सम्म सरसफाई गएिको हो । सरसफाई कार्यक्रममा प्रहरी सामुदायीक साझेदारी कार्यक्रम अनर्तग हेमन्तपुर प्रहरी चौकिको समेत सहकार्य रहेको थियो । सरसफाई कार्यक्रम मानपुर चौकमा पुगेर सरसफाइ कार्यक्रम सम्पन्न  भएको थियो ।

टोल विकास सस्ंथाका अध्यक्ष ज्ञानेन्द्र विष्टको अध्यक्षता तथा वडा सदस्य ससीधर पौडेलको प्रमुख अनतीथ्यतामा सम्पन्न भएको सरसफाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतीथी पौडेलले सरसफाईले मान्छेको पहिचान जनाउँने भएकाले गाउँघर सफा राख्नुपर्ने बताउँनुभयो ।

“सरसफाई गर्नुपर्छ सिकाउँने बिषय होईन यो मान्छे आफैले थाहा पाउँने कुरा, त्यसैले स्वस्थ जिवन शैली अपनाउँ, स्वस्थ बनौँ, निरोगि बनौँ सभ्य समाज निर्माण गरौँ ।”– उहाँले भन्नुभयो । वडा बासीहरु सरसफाई गर्ने अभियानलाई अभियानकै रुपमा संचालन गरे, फोहोर ब्यवस्थापन गरेमा वडालाई फोहोररहित वडामा रुपमा घोषणा गर्न सकिने बताउँनुभयो ।

सो अवसरमा हेमन्तपुर प्रहरी चौकि ईञ्चार्ज भरत वलीले शान्ती सुरक्षाका विषयमा सबै जानकार हुन आवश्यक रहेको बताउँनुभयो । वडालाई सुरक्षाको आवश्यक परेमा आफु जुन समयमा पनि तयार हुने भनदै नागरीकहरु आफु पनि अशान्ती, भाडभैलो नगर्न सुझाव दिनुभयो । चाडपर्वको समयमा हुने नराम्रा गतिविधि नगर्न र रोक्न नागरीक आफु स्वयम जिम्मेवार बनेमा प्रहरी प्रशासनलाई सहयोग पुग्ने बताउँनुभयो । सरसफाई तथा शुभकामना कार्यक्रमको सहजीकरण टोलका सदस्य अमराज बस्नेतले गर्नुभएको थियो । कार्यक्रममा टोल विकास सस्ंथाका उपाध्यक्ष गिरीराज खड्का, सचिव सुनीता खड्का, कोषाध्यक्ष जोर बहादुर पुन लगाएत जनप्रतीनिधि, राजनीतीक दलका प्रतीनिधि, स्थानीयहरुको सहभागिता रहेको थियो ।

यसैबिच, पञ्चेधारा टोल विकास सस्ंथाको आयोजनामा थारु गाउँ देखि पञ्चेधारा सम्म सरसफाई गरिएको छ । पानीको मुहान सफा राख्नुपर्ने अभियानका साथ विषेश गरि पञ्चेधाराको मुहान सफा राख्ने उद्धेश्यले सरसफाई गरिएको हो । धारा वरपर फोहोर थुपारीएको देखेपछि सरसफाई गरिएको स्थानीय मदन अधिकारीले जानकारी दिनुभयो । अवका दिनमा मुहान वरपर फाेहोर थुपारीएको देखेमा कारवाहि गरिने समेत उहाँले बताउँनुभयो ।

 

प्रकाशित मिति : २०८१ असोज २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्