तुलसीपुर शान्ति महिला नमूना संसदको कार्य सम्पादन समितिको बैठक सम्पन्न भएको छ । बिहीबार तुलसीपुरमा बसेकाे बैठकले उपमहानगरपालिकाको आर्थिक बर्ष २०८१/०८२ को बजेट तथा कार्यक्रमको सुक्षम बिश्लेषण तथा समिक्षा गरेको छ ।
२०८० चैत महिनामा ३३ बुँदे ध्यानाकर्षण पत्र तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा पेश गरिएको थियो । साेहि सुझाव तथा ध्यानाकर्षण पत्रमा रहि आर्थिक बर्ष २०८१/०८२ को बजेट तथा कार्यक्रममा समाबेश भए नभएको बारेमा बिषयगत समितिले कार्य सम्पादन समितिमा प्रस्तुत गरेका थिए ।
कानुन तथा सामाजिक न्याय समितिका संयोजक युवा कराराले ५ वटा बुँदा प्रस्तुत गरिएको भएपनि सामाजिक बिकासको क्षेत्रमा बजेट केही मात्रामा समाबेश भएको समितिले पाएको बताउनुभयो ।
आर्थिक बिकास समितिका संयोजक कल्पना चौधरीले यस समितिले प्रस्तुत गरेको ६ बुँदा मध्ये केही बुँदालाई बजेट तथा कार्यक्रमले समेटेको र बजेट समेत बिनियोजन भएको खुशी ब्यक्त गर्नुभयो । तर कार्यान्वयनको पक्षमा भने अझै आशंका रहेको उहाँले बताउनुभयो ।
सूचना, सञ्चार समन्वय र साझेदारी बिकास समितिका संयोजक लालमति भण्डारीले ३३ बुदेँ ध्यानाकर्षणमा ५ वटा बुँदा यस समितिबाट पेश गरिएको बताउनुभयो । तर थोरै मात्रामा मात्र आर्थिक बर्ष २०८१/०८२ को बजेट तथा कार्यक्रममा समाबेश भएको जानकारी दिनुभयो ।
राजनैतिक क्षेत्र बिकास समितिका संयोजक सरीता सुबेदीले ३ वटा बुँद्धा उक्त समितिमा भएपनि कुनै पनि रातोकितावमा समावेश नभएको गुनासो गुर्नभयो । उहाँको समितिले राजनीतिक क्षेत्रमा ५० प्रतिसत महिलाको सुनिश्चिताको नीति बनाउन माग गरेको थियो ।
शान्ति तथा मानव अधिकार समितिका संयोजक मधुमति सुनारले ३ वटा बुँदा मध्ये बाल बिबाह न्यूनिकरण लगायतका कार्यक्रम बजेट तथा कार्यक्रममा समाबेश भएको जानकारी गराउनुभयो ।
मानव संशाधन विकास तथा श्रोत ब्यबस्थापन समितिका संयोजक लोकमाया पुनले ७ बुदाँ ध्यानाकर्षण पत्रमा राखिएको भएपनि अध्ययन गर्नका लागि तुलसीपुर उपमहानगरपालिकाको आर्थिक बर्ष २०८१/०८२ को बजेट तथा कार्यक्रमको रातो किताव नै प्राप्त गर्न नपाएको गुनासो गर्नुभयो । तर ७ बुँदा मध्ये केही बुँदा समाबेश भएको जानकारी पाएको बताउनुभयो ।
सांस्कृतिक बिकास समितिका सदस्य दिलमाया बिकले २ वटा बुँदा ३३ बुँदे ध्यानाकर्षणमा राखिएको भएपनि छाडा चौपाया ब्यबस्थापन जस्तो चुनौतिपूर्ण कार्यमा स्पष्ट ब्यबस्था सहितको आर्थिक बर्ष २०८१/०८२ को बजेट तथा कार्यक्रममा समाबेश नभएको हो की भनि आशंका ब्यक्त गर्नुभयो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले नमुना संसदले गरेकाे अभ्यासलाई पालिकाले सुझावकाे रुपमा लिदै कार्यक्रम तथा याेजनामा समेट्ने बताउनुभयो ।
उपप्रमुख स्यानी चौधरीले नमुना संसद भित्रका सांसदहरुले तयार पारेकाे याेजनालाइ आगामि बर्षमा राताे कितावमा समेट्ने प्रतिवद्दता ब्यक्त गर्नुभयो ।
शान्ति महिला नमूना संसद कार्य सम्पादन समितिका सल्लाहकार नवराज लामिछानेले २०६५ सालमा परिकल्पना गरेकाे नमुना संसद ०८०/०८१ मा आएर बिउँझेको भन्दै यसलाई निरन्तरता दिन, क्षमतावान महिला उत्पादन गर्न यश कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाव दिनुभयो । वडा पालिकाले यसलाई गहन रुपमा बुझेर स्थानिय सरकारलाई चलाएमान बनाउन यसकाे महत्व रहेकाे भन्ने कुरा बुझ्न जरुरी रहेको बताउनुभयो । याे फाेरम सानाे फाेरमका रुपमा नलिइ वार्षिय याेजना बनाउँन सहयाेग पुग्ने भएकोले स्थानिय सरकारले यस संसदसंग सहकार्य गर्न जरुरी रहेको बताउनुभयो ।
सल्लाहकार सुशील बस्नेतले नमुना संसदलाई माेडेलका रुपमा लग्नुपर्ने बताउनुभयो । संसदमा बिषयगत समितिले उठाएका विषयमा नगरकाे ध्यानाकर्षण हुनुपर्ने , नमुना संसद र नगरबिच समन्वय भएर १ सय ९ वटा पालिकामा याे कार्यक्रम संचालन गरि प्रदेशलाई नमुना प्रदेशका रुपमा चलाउनुपर्ने सुझाव दिनुभयाे ।
नमुना संसदका सभामुख सीमा न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा महिला बालबालिका शाखा प्रमुख माया श्रेष्ठले बिषय प्रवेश गराउँनु भएको थियो ।
समितिका उपसभामुख सुष्मा गिरीले स्वागत गर्नु भएको बैठककाे सहजिकरण प्रबक्ता नानीमैया वलीले गर्नुभएको थियो ।
बैठककाे अन्तिममा महासचिव दिप्तिशाखा चाैधरीले बैठककाे निर्णय प्रश्तुत गर्नु भएको थियाे ।
महिला शान्ति नमुना संसद स्थानीय सरकारलाई सवलीकरणमा मद्धत गर्दै महिलाहरुलाई नेतृत्व बिकास र संसदीय प्रक्रियामा अभ्यास गर्ने थलोका रुपमा बिकास हुदै आएको छ ।