रैथाने खाना महोत्सवमा रैथाने परिकार ( फाेटाे फिचर )



तुलसीपुरमा आइतबार रैथाने खाना महोत्सवकाे आयाेजना गरिएको  छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको राप्ती शान्ति उद्यान गणेशपुर पार्कमा रैथाने खाना महोत्सव एवं माघी मिलन कार्यक्रम भएको  हो ।

महोत्सवमा परम्परागत रैथाने परिकारको प्रदर्शन गरिएको छ । महोत्सवमा कोदोको ढिँडो, लोकल कुखुराको मासु, जौको सातु, घोंगी, गंगटा, अनदिकाे झाेल लगायतको परिकार प्रदर्शनी गरिएको छ ।

यस्तै विभिन्न लोपन्मुख नाचहरु प्रदर्शन गरिएको छ । लहरे पैचरी नाचा, थारु समुदायको लट्ठह्वा नाच गुरुङ समुदायकाे नाच  प्रस्तुत गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिका पर्यटन प्रबर्द्दन शाखाको  समन्वयमा तुलसीपुर होटल व्यवसायी समितिले दोस्रो रैथाने खाना महोत्सव तथा माघी मिलन कार्यक्रम गरेको समितिका अध्यक्ष इन्द्र बहादुर बस्नेतले जानकारी दिनुभयो ।

उपमहानगरपालिका पर्यटन प्रबर्द्दन शाखाका प्रमुख झरेन्द्र खरेलले तुलसीपुरमा आधुनिक्ता खानाकाे साटाे रैथाने खानालाई ब्यवसायिक रुपमा लैजानका लागि यस किसिमकाे महाेत्सवकाे आयाेजना गरिएको बताउनुभयो । यहाँका युवालाई राेजगार दिन , तुलसीपुरमा पिजा र बरगरकाे साटाे रैथाने चिज र वस्तुले बजारिकरण हाेस् भन्ने मुख्य उदेश्य रहेकाे बताउनुभयो ।

 

 

 

प्रकाशित मिति : २०८१ पुष २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस्