तुलसीपुरमा आज माओवादीको विशाल चुनावी सभा, महासचिव नेत्रबिक्रम चन्दको सम्बोधन



नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले आज दाङको तुलसीपुरमा विशाल चुनावी सभा आयोजना गर्ने भएको छ।

पार्टीका महासचिव नेत्रबिक्रम चन्द ले तुलसीपुरस्थित बिएसएस पार्टी प्यालेसको प्राङ्गणमा दिउँसो १२ बजेदेखि सुरु हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जनाएको छ।

कार्यक्रममा सामना सांस्कृतिक परिवारले सांगीतिक प्रस्तुति पनि प्रस्तुत गर्नेछ।

महासचिव चन्दले आजै दाङ क्षेत्र नम्बर १ अन्तर्गत देउखुरीमा आयोजना हुने अर्को चुनावी सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ।

विप्लव नेतृत्वको माओवादी यसपटक पहिलो पटक संसदीय निर्वाचनमा ‘गुलाफ’ चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा उत्रिएको छ।।

प्रकाशित मिति : २०८२ फाल्गुन ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्