माबि सौडियारमा १ लाख बराबरको शिक्षक, बिद्यार्थी र अभिभाबकको दुर्घटना बिमा



बिद्यालय,विद्यार्थी र अभिभावककाे आर्थिक जाेखिमलाई न्युनिकरण गर्ने उद्देश्य राखेर घोराही ७ सौडियारस्थित माबि सौडियारले सामुहिकरुपमा दुर्घटना बीमा गरि दिएको छ ।

बिद्यालय ब्यबस्थापन समितिको निर्णय अनुसार विद्यालयमा अध्ययनरत बिद्यार्थी, शिक्षक, अभिभाबकको १ लाख रकम बराबरको दुर्घटना बिमा गरिएको विद्यालयका प्रधानाध्यापक नन्दबहादुर वलिले बताउनुभयाे ।

बिमा कम्पनिका प्रतिनिधि सन्तोष अधिकारीले बुधबार बिब्यस अध्यक्ष निशानदाजु भट्टराईलाई बिमा पोलिसी हस्तान्तरण गर्नु भएको हाे ।

प्रकाशित मिति : २०८२ असार २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्