
जेनजी आन्दोलन चर्किएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ ६ बजे सर्वदलीय बैठक आह्वान गरेका छन्।
जारी गरेको अपिलमार्फत उनले कुनै पनि प्रकारको हिंसा राष्ट्रको हितमा नहुने भन्दै शान्तिपूर्ण संवादमार्फत समस्याको समाधान खोज्नुपर्ने बताएका छन्।
प्रधानमन्त्री ओलीले राजधानीसहित देशभर भएका प्रदर्शन र त्यसपछिका घटनाप्रति दुःख व्यक्त गर्दै सम्पूर्ण नागरिकलाई संयम रहन आग्रह गरेका छन्।
यसैबीच, जेनजी आन्दोलनकारीहरूले देशभर प्रदर्शन तीव्र बनाएका कारण काठमाडौंसहित विभिन्न क्षेत्रमा तनावपूर्ण अवस्था कायम छ।

प्रकाशित मिति : २०८२ भाद्र २४ गते मङ्गलवार

