तुलसीपुरमा खुकुरी प्रहार, एक युवक घाइते



दाङको तुलसीपुर उपमहानगरपालिका–८ मा बिहीबार दिउँसो खुकुरी प्रहार हुँदा एक युवक घाइते भएका छन्।

प्रहरीका अनुसार असोज ३० गते दिउँसो करिब १ बजे कृष्ण मन्दिर नजिक तुलसीपुर–५ रानीजरुवाका २५ वर्षीय पोषण डागीमाथि तुलसीपुर–८ अश्वारका सन्दीप नामका व्यक्तिले खुकुरी प्रहार गरेका हुन्।

मोटरसाइकल रोकेर सन्दीपले एक्कासि प्रहार गर्दा डागीको दायाँ हातका औंलामा चोट लागेको प्रहरीले जनाएको छ। उनलाई राप्ती प्रादेशिक अस्पतालमा उपचारपछि दिउँसो नै डिस्चार्ज गरिएको हो।

घटनापछि प्रहरीले अनुसन्धान अघि बढाएको छ। खुकुरी प्रहारमा संलग्न २२ वर्षीय रिजन बिकलाई नियन्त्रणमा लिइएको र अन्य फरार व्यक्तिहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रकाशित मिति : २०८२ असोज ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस्