
दाङको बबई गाउँपालिका ४ स्थित राजी खहरेखोलाबाट अवैधरुपमा ढुंगा उत्खनन् गरिरहेको तीन वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
ईलाका प्रहरी कार्यालय खिलतपुरले एउटा अनटेष्ट ट्याक्टर र ईलाका प्रहरी कार्यालय हापुरेले रा १ त २८१५ र रा १ त ४४८३ नम्बरका ट्याक्टर नियन्त्रणमा लिएका हुन्।
प्रत्येक ट्याक्टरबाट १० हजार रुपैयाँ जरिवाना असुल गरी सम्बन्धित व्यक्तिलाई ट्याक्टर बुझाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्र बहादुर शाहले जानकारी दिनुभयो।
प्रकाशित मिति : २०८२ कार्तिक २० गते बिहिवार

