
दाङको तुलसीपुरस्थित मालपोत कार्यालयबाट ‘बिचौलिया’ भन्दै पक्राउ परेका ८ जना भू–व्यवसायीलाई प्रमाण नपाएपछि प्रहरीले आइतबार साँझ रिहा गरेको छ।
पक्राउ परेकामध्ये सेवकराम आचार्य, निमकान्त लामिछाने, अरुण चौधरी, रामबहादुर चौधरी, विनिराम बस्नेत, प्रदीप कुमार रेग्मी, प्रमोद अधिकारी र माधव भण्डारी रहेका थिए।
यसअघि पक्राउ परेका २ जना सेवाग्राहीलाई भने आधा घण्टामै छोडिएको थियो।
भू–व्यवसायीहरूले सरकारकै अनुमति अनुसार काम गरिरहे पनि प्रहरीले हस्तक्षेप गरेको भन्दै असन्तुष्टि जनाएका छन्।
प्रकाशित मिति : २०८२ चैत्र २३ गते सोमवार

