रसुवा–भोटेकोसी बाढी तथा पहिरोमा हराइरहेका व्यक्तिका आफन्तबाट दाङमा ३७ जनाको डीएनए नमुना संकलन



रसुवा–भोटेकोसी बाढी तथा पहिरोमा हराइरहेका व्यक्तिको पहिचानका लागि दाङमा हालसम्म ३७ जनाको डीएनए नमुना संकलन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आज मंगलवार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट २३ जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल घोराहीबाट १४ जना गरी ३७ जनाको डीएनए नमुना संकलन गरिएको हो।

रसुवा–नुवाकोट बाढी तथा पहिरोमा आफन्त हराइरहेका र डीएनए नमुना दिन चाहने परिवारलाई जिल्ला प्रहरी कार्यालय दाङमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

प्रकाशित मिति : २०८३ भाद्र २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्