दाङमा तुलसीपुर–कपुरकोट सडकखण्डमा सवारी आवागमन पुर्ण रुपमा  बन्द



दाङको राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–कपुरकोट सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
अविरल वर्षाका कारण सडकमा थप जोखिम उत्पन्न भएपछि जिल्ला प्रशासन कार्यालय दाङले सूचना जारी गर्दै तुलसीपुर–कपुरकोट सडकखण्डमा सवारी आवागमन बन्द गरिएकाे जानकारी गराएको छ ।
प्रशासनका अनुसार आज देखि असोज ११ गते बेलुका ५ बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन बन्द रहनेछ। सम्भावित बाढी, पहिरो तथा सडक दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै यात्रुलाई आवश्यक सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ।
यसअघि पनि भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–कपुरकोट सडकखण्डमा रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय गरिएको थियो।
प्रशासनले अत्यावश्यक कामबाहेक जोखिमयुक्त सडकमा यात्रा नगर्न तथा मौसमको अवस्था हेरेर मात्र यात्रा गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३ असोज ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्