दाङमा सम्पूर्ण सवारी आवागमन बन्द



दाङमा अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेपछि सम्पूर्ण सवारीसाधनको आवागमन बन्द गरिएको छ।

जिल्ला प्रशासन कार्यालय दाङले आज सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म जिल्लाभित्र चल्ने सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा रोक लगाएको जनाएको छ।

यात्रु तथा सवारीसाधनको सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको प्रशासनले जनाएको हो। प्रशासनले जोखिमपूर्ण अवस्थामा यात्रा नगर्न र सूचनाको पालना गर्न सबैमा आग्रह गरेको छ।

आकस्मिक अवस्थाका लागि जिल्ला प्रशासन कार्यालयले सम्बन्धित सुरक्षा निकाय तथा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रसँग सम्पर्क गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३ असोज ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्