तुलसीपुरमा ३४ औँ बाल अधिकार दिवस मनाईयो



तुलसीपुरमा आज ३४ औँ बाल अधिकार दिवस मनाईएको छ । मा.वि.सेन्टर तुलसीपुरमा आज एक कार्यक्रमको आयोजना गरि बाल दिवस मनाईएको हो ।

“प्रत्येक बालबालिकालाई ः प्रत्येक अधिकार” भन्ने नाराका साथ अन्र्तराष्ट्रिय बाल दिवस मनाईएको हो ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतीथी तथा तुलसीपुर उपमहानगरपालीकाका मेयर टिकाराम खड्काले तुलसीपुर क्षेत्रमा बालबालीकाहरुको अधिकार सुनिश्चित गर्नका लागि उपमहानगरपालीका नयाँ ढंगले कार्यक्रमहरु गर्ने बताउँनुभयो । विगत र अहिलेको बालबालीकाको अवस्था हेर्दा धेरै फरक भईसकेको भन्दै आगामी दिनमा बाल अधिकारको विषयमा कुपोषण र दुब्र्यसनको अवस्थाबाट बालबालीकालाई कसरी उन्मुख गराउँने विषयमा गम्भीर भएर काम गर्ने बताउँनुभयो ।
“बाटोघाटो, पुलपुलेसा भत्कीदा बनाउँन सक्छौँ तर एउटा बालबालीका भत्केउँ भने कहिले भत्काउँन सक्दैनौँ, यसले समाजमा ठेलो प्रतीकुलता सिर्जना गर्छ, त्यसैले हाम्रो अभियान सभ्य समाज निर्माण गर्ने हो ।”–मेयर खड्काले भन्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल के.सी., महिला मानवअधिकारकर्मी शुष्मा गीरी, फेडो दाङका अध्यक्ष युवा कराराले बालबालीकाहरुको अधिकार सुनीश्चितताका लागि स्थानीय, प्रदेश र संघ गरि तिन तहका सरकारले गम्भीरतापुर्वक निती निर्माण बनाई अभियानका रुपमा कार्यक्रमलाई ब्यापक बनाउँनुपर्ने कुरामा जोड दिएका थिए ।
सो अवसरमा किशोरी संजाल लुम्बीनी प्रदेश संयोजक सुमित्रा आचार्य, बाल संजालका प्रतीनिधि सुभम देवकोटाले आ–आफनो भनाई राखेका थिए ।
कार्यक्रममा बालअधिकारकर्मी तथा न्युसीपीसीका अध्यक्ष नवराज लामिछानेले बाल अधिकारको अवधारणा पत्र प्रश्तुत गर्नुभएको थियो ।
तुलसीपुर उपमहानगरपालीका महीला बालबालीका तथा सामाजीक विकास शाखा, न्युसिपिसी तुलसीपुर, सिर्जना बाल क्लव,मावी तुलसीपुर सेन्टर र नगर बाल संजाल तुलसीपुर तुलसीपुरको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

तुलसीपुर उपमहानगरपालीका महीला बालबालीका तथा सामाजीक विकास शाखा प्रमुख माया श्रेष्ठको स्वागत मनतब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण सिर्जना वालक्लव मावी तुलसीपुरका सचिव भुपाल खड्काले गर्नुभएको थियो ।

सिर्जना वालक्लव मावी तुलसीपुरका अध्यक्ष राजु विकको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा माबि तुलसीपुर सेन्टर र मेट्र कलेज तुलसीपुरका विधार्थीहरुको सहभागिता
रहेको थियो ।
सयुंक्त राष्ट्रसंघको महासभा बाट सन् १९८९ को नोभेम्बर २० मा बाल अधिकार सम्बन्धि महासन्धि पारित भएको दिनलाई स्मरण गरि पक्षधर राष्ट्रले आजका दिन अनर्तराष्ट्रिय बाल अधिकार दिवसको रुपमा बाल अधिकार दिवस मनाउँदै आएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस्