
लाईन्स क्लब अफ क्यापिटल दाङले आगलागि पिडितहरुलाइ सहयाेग गर्ने जनाएको छ । आगो लागेर नस्ट भएको घर निर्माण गरेर सहयाेग गर्ने लाईन्स क्लवले जनाएको छ । यहि बैशाख ४ गते तुलसीपुर १३ सिमलखुटि स्थित एक घरमा जंगल बाट आगाे सल्केर घर र गाेठ जलेर नष्ट भएको थियाे ।
क्लबका अध्यक्ष दिपक केसिकाे नेतृत्वमा गएकाे टाेलिले आगलागि पिडितका लागि बास बस्नका लागि आफू हरुले दुई कोठाको घर निर्माण गर्दिने प्रतिबद्धता जनाएको हाे ।
अध्यक्ष केसीले वन जंगल नजिक रहेका बस्तिहरुलाइ सजक रहन आग्रह गर्नुभयो । आगलागि हुन नदिन समाज नै जागरुक हुनुपर्ने भन्दै भाैतिक मात्र नभइ मानवीय क्षति हुन बाट जाेगिन आफु स्वयम् जिम्मेवार बन्नुपर्ने बताउनुभयाे । कुनै पनि घटना सुचना बिना आउने भएको भन्दै अब हुने संरचना पनि भोलिको दिनलाई मध्यनजर गर्दै र भोलिका दिनमा यस्ता घटना नदोरियोस भन्दै भूगोललाई पनि हेरेर घर निर्माण गर्दा राम्रो हुने बताउनुभयाे ।

आगलागि पीडित निर्मला बुढाले आफ्नो दुई वटा घर संगै खाद्यान्न सबै जलेर नष्ट भएको बताउनुभयाे। दिनको ४ बजे बनमा लाग्दै घरको नजिक आएको आगोलाई नियन्त्रण गर्न आफू घर तलको खोलामा गएको बेला माथी बाट आगो घरमा सल्केर जलेर नष्ट भएको बताउनुभयाे । आर्थिक अवस्था कम्जोर भएका कारण घर कसरी बनाउने चिन्ताले पिराेलेकाे बताउनुभयाे ।
“आगो लागेको १८ दिन भयाे अरुकाे घरमा बस्दै आएका छाैँ । कतै बाट केही सहयोग आएकाे छैन ।” -उहाँले भन्नुभयो ।
उहाले आफ्नो आर्थिक अवस्था कमजोर भएकाले आफुलाई सकेको सहयोग गर्दिन समेत सहयाेगि दाताहरुलाइ आग्रह गर्नुभएको छ ।

