
दाङमा बाघको आक्रमणबाट तीन जना घाइते भएका छन् । सोमबार विहान साढे ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ स्थित नवदुर्गा सामुदायिक बनमा च्याउ टिप्न गएका तीन जनालाई बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाशथापाले बताउनुभयो ।
उहाँका अनुसार तुलसीपुर ९ वेलुवा निवासी ४५ बर्षीया कमला केसी, सोही ठाउँकी ५३ बर्षीया सीता कुमारी भण्डारी, सोही ठाउँकी १८ बर्षीया सरिता भण्डारी घाइते भएका हुन् ।
केसीको दुवै हातमा सामान्य चोट लागेको छ, त्यस्तै सीताको ढाड र पेटमा तथा सरीताको दाँया हातमा सामान्य चोट लागेको छ । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइहरेको छ
प्रकाशित मिति : २०८१ असार २४ गते सोमवार

