बनभेरीको टोकाइबाट एकै घरका दुई जना घाइते



दाङ तुलसीपुरमा बनभेरीको टोकाइबाट एकै घरका दुई जना घाइते भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका–४ खाद्रेका २३ वर्षीया भीमा बुढा र उहाँका ११ वर्षीय छोरा बिवस बुढा बनभेरीको टोकाइबाट घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।

आज (शनिबार) दिउँसो घर नजिकैको खेतमा पानी सिंचाइ गर्न गएका बेला आमा–छोरालाई बनभेरीले टोकेको प्रहरीले जनाएको छ ।

भेरीको टोकाइबाट घाइते आमा–छोराको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । दुबै जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस्