गुरुकुल एकेडेमी घोराहीका कक्षा १० का विद्यार्थीहरूको कन्भोकेसन तथा बिदाई कार्यक्रम सम्पन्न




गुरुकुल एकेडेमी, घोराहीमा कक्षा १० का विद्यार्थीहरूको कन्भोकेसन तथा बिदाई कार्यक्रम आज सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त कार्यक्रम विद्यालयको प्राङ्गणमा आयोजना गरिएको थियो, जसमा विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीहरूको उपस्थिती रहेको थियो।

कार्यक्रममा राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत सहायक प्रोफेसर डा बिता विश्वकर्माले विद्यार्थीहरूलाई आगामी जीवनका लागि शुभकामना दिनुका साथसाथै, शिक्षा जीवनमा कडा परिश्रम र ईमानदारीको महत्त्वको बारेमा चर्चा गर्नुभयो।

कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएकी डा.विश्वकर्माले कक्षा १० का विद्यार्थीहरूको कष्टपूर्ण अध्ययन र समर्पणको सराहना गर्दै उहाँले आगामी कक्षा ११ र १२ को तयारी गर्नका लागि प्रेरित गर्नुभयो।

कार्यक्रमको मुख्य आकर्षण कन्भोकेसन समारोह थियो, जहाँ कक्षा १० का सबै  विद्यार्थीहरूलाई प्रमाणपत्र र उपाधिहरू प्रदान गरियो। विद्यार्थीहरूको बिदाइको बेला शिक्षक र विद्यार्थीहरूको आँखामा भावुकता झल्किएको थियो ।

यस कन्भोकेसन तथा बिदाई कार्यक्रममा  विद्यालयका शिक्षक अर्बिन्द अधिकारीले विद्यार्थीहरूको सफलता र संघर्षको बारेमा कुरा गर्दै भविष्यमा सामना गर्नुपर्ने चुनौतीहरूको बारेमा पनि सचेत गराउनुभयो।

विद्यार्थीहरूले विद्यालयका विभिन्न कक्षाका गतिविधिहरूमा सक्रिय सहभागिता जनाउने क्रममा सीकेका पाठहरूको महत्त्व र विद्यालयको योगदानको बारेमा भावना व्यक्त गर्नुभएको थियो।

साथै बिद्यालयका शिक्षकहरु ई. सन्तोष कुमार कसौधन , परीक्षा संयोजक विबेक देबकोटा र प्लस टु संयोजक राजन अधिकार तथा सह प्रधानाध्यापक महेन्द्र पौडेलले शुभकामना मन्तब्य राख्नुभएको थियो । यसैगरी विद्यार्थिहरुले पनि आफ्नो भनाई राखेका थिए । सो अवशरमा सांगितिक प्रस्तुति पनि राखिएको थियो ।

यस्तै विद्यालयका प्रधानाध्यापक डा. कृष्णराज डिसिले विद्यार्थीहरूलाई एकताबद्ध र जिम्मेवार नागरिक बन्ने प्रेरणा दिनुका साथै, आगामी यात्रामा सफलता प्राप्त गर्नका लागि शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रम सँगै विद्यार्थीहरूको खुशी र उत्साहले समृद्ध भविष्यको प्रतीक बनेको छ। सम्पूर्ण कार्यक्रमले विद्यार्थीहरूको कडी मेहनत र विद्यालयको सशक्त शिक्षण प्रणालीको प्रतिबिम्ब देखाएको छ।

प्रधानाध्यापक डा. कृष्णराज डिसिको अध्यक्षतामा कार्यक्रम भएको थियो भने विद्यालय संयोजक भुवन आचार्यको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण आइएसए संयोजक तथा शिक्षक इन्द्र प्रसाद पोख्रेलले गर्नुभएको थियो । कार्यक्रमको ब्यबस्थापन शिक्षक बिबेक देबकोटाले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ चैत्र १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस्