तुलसीपुरमा बालिकालाई करणी गरेको आरोपमा एक जना पक्राउ



दाङको तुलसीपुरमा पाँच वर्षको बालिकालाई जवर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–२ खैरीपुरका ६५ वर्षका टंक बहादुर कवर योगी रहेको  प्रहरीले जनाएको छ ।

गत चैत २९ गते करिब सवा २ बजेतिर योगीले सोही ठाँउ बस्ने ५ वर्षकी बालिकालाई जवर्जस्ती करणी गरेको भनि बालिकाको आमाले जाहेरी दिएपछि पक्राउ गरिएको  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्रीले जानकारी दिनुभयो ।

बालिकाको आमाले आरोपित योगीलाई कानून बमोजिम कारबाही गरी पाऊँ भनि शनिबार साँझ ५ बजेतिर इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएपछि योगीलाई पक्राउ गरिएकाे हाे ।

प्रहरीले योगीलाई खोजतलास गर्ने क्रममा शनिबार साँझ करिब ६ बजेतिर आफ्नै घरमा बसिरहेको अवस्थामा पक्राउ गरेको हो । आरोपित योगीलाई हिरासत कक्षमा राखी थप अनुसन्धान भइरहेको  जनाएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस्