
दाङको बबई गाउँपालिकाको हापुरेमा तिन दिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ। असल शासन संरक्षण मञ्चद्वारा सञ्चालित सामुदायिक रेडियो हापुरे एफएमकाे ११ ओैं वार्षिकाेत्सवको अवसरमा बबई गाउँपालिका वडा नम्बर ४ काे आर्थिक सहयाेगमा सुरु भएको तालिममा बबई ४ का १५ जना प्रशिक्षार्थीहरुकाे सहभागीता रहेको छ।
बिहिवार सामुदायिक रेडियो हापुरेका सञ्चालक समिति अध्यक्ष ज्ञानप्रसाद आईतवारेकाे अध्यक्षता तथा बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्री क्षेत्रीकाे प्रमुख आतिथ्यतामा तिन दिने आधारभूत पत्रकारिता तालिमकाे उद्घाटन गरिएको हाे । कार्यक्रममा बिशिस्ट अतिथिका रुपमा बबई गाउँपालिकाका उपाध्यक्ष बम कुमारी खड्का, बबई गाउँपालिका सामाजिक विकास समितिका संयाेजक टेक बहादुर वली र सामुदायिक रेडियो प्रशारक संघका केन्द्रीय सदाचार समिति सदस्य बालकृष्ण पाण्डे रहनुभएकाे थियाे ।

सामुदायिक रेडियो हापुरेका सञ्चालक समिति सचिव डिल्ली बहादुर वलीकाे स्वागत मन्तब्यबाट सुरु भएको उद्घाटन समारोहमा बबई गाउँपालिका कार्यपालिका सदस्य नारायण परियार, नेपाल पत्रकार महासंघ दाङका सचिव जेएन सागर, इलाका प्रहरी कार्यालय हापुरेका प्रमुख बरिस्ठ प्रहरी नायव निरिक्षक देव बहादुर के.सी लगायतकाले शुभकामना मन्तब्य राख्नु भएको थियाे । कार्यक्रमकाे सञ्चालन रेडियोका स्टेसन म्यानेजर रामप्रसाद सुवेदीले गर्नुभएको थियाे ।
पत्रकारिता तालिमको आज पहिलाे दिन प्रशिक्षक नेपाल पत्रकार महासंघ दाङका सचिव जेएन सागरले समाचार, समाचारका श्राेत, समाचारका विषयबस्तु समाचारकाे बनाेट लगायतका बिषयमा प्रशिक्षण दिनुभएको छ भने । सामुदायिक रेडियो हापुरेका कार्यक्रम संयाेजक अर्जुन परियारले रेडियो र स्टेज कार्यक्रम सञ्चालनका बिषयमा प्रशिक्षण दिनुभएको छ ।

