शक्ति कृषक समुह र मुनाल कृषक समुहको संयुक्त तेस्रो साधारण सभा आज दंगीशरण ६ लेटारमा सम्पन्न भएको छ । साधारण सभाले आर्थीक तथा वार्षिक प्रगती प्रतीवेदन प्रश्तुत गरेको छ । सभामा शक्ति कृषक समुहका मनकला रोका र मुनाल कृषक समुहका सुनीता रोकाले प्रतीवेदन प्रश्तुत गर्नुभएको थियो ।
सभामा वडा सदस्य तथा कार्यक्रमका प्रमुख अतीथी शमशेर रावतले कृषक समुह मार्फत समुहमा आवद्ध भएकाहरुको जिवनशैलीमा परिवर्तन ल्याएको भन्दै यस समुहलाई निरन्तरता दिनुपर्ने बताउँनुभयो । घर सुधार देखि गाउँ सुधार सम्म यस समुहको महत्वपुर्ण देन रहेकाले समुहको कार्य प्रशंसनीय रहेको बताउँनुभयो । कार्यक्रममा अतीथी रावतले समुहलाई अझै चलाएमान बनाउँनका लागि नया योजना सहित अगाडि बढ्नुपर्ने बताउँनुभयो ।
सो अवसरमा बोल्ने अन्य बक्ताहरुले समुहमा महिलाहरुको संख्या धेरै भएकाले उनीहरुको क्षमता विकाशमा बृद्धि हुनुका साथै आर्थीक उपार्जा गर्न टेवा पुगेको बताएका थिए । घर, गाउ,ँ समाजमा नयाँ कामको थालनी गर्दै सामाजीक बन्न यस समुहले जिम्मेवार बन्नका लागि उत्प्रेरीत गर्न सहयोग गरिरहेको बताएका थिए । सभामा ुमृद्ध समाजका बालकृष्ण खड्का, भिष्मा वि.सी, शक्ति कृषक समुहका डिल्ली बुढाथोकि, मुनाल समुहका दिया वि.क., धनी वली, सरीता वोहोरा, भद्र खत्री लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
शक्ति समुहका सदस्य निमा कठाएतको अध्यक्षतामा सभा सम्पन्न भएको थियो । कार्यक्रमको शहजीकरण उर्मीला वि.क. ले गर्नुभएको थियोे ।