प्युठान सरुमारानी गाउँपालिका १ खारबस्ति स्थित एक सामुदायीक वनमा आगलागी भएको छ । रुमारानी गाउँपालिका १ खारबस्ति स्थित झिलिवाङ सामुदायिक वनमा शनिबार दिउँसो आगलागी भएको प्रहरीले जनाएको छ ।
आगो फैलिएर सोही ठाउँ बस्ने ४७ वर्षीय हिम बहादुर राना पल्लीको शारदा पशुपन्छी तथा कृषि फर्ममा समेत नोक्सानी भएको जनाइएको छ । आगलागी हुँदा फर्ममा रहेको लु.५० प ८०६९ नम्बरको मोटरसाइकल र काठ लगायतका सामान जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७९ चैत्र २६ गते आइतवार