बाँकेमा पेस्तोल र गोलीसहित एक जना पक्राउ



सुरक्षा/अपराध - Express Pana

नेपालगंज उपमहानगरपालिका १२ स्थित किङ क्रस क्लबबाट अटोमेटिक पेस्तोल १ थान र सोही पेस्तोलको गोली १ राउण्ड सहित एक जनालाई प्रक्राउ गरेको छ । बर्दिया बाँसगढी नगरपालिका ८ बस्ने २८ वर्षीय सुमन रिजाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।
उक्त क्लबमा झगडा भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त क्लबको ट्वाईलेटमा लुकाई राखेको उक्त हतियार सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रकाशित मिति : २०८० बैशाख २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस्