खानेपानीको हाहाकार छ । कृषिका लागि सिचाई छैन । मल छैन । केहि मात्रामा छ तर नजीकका आफनाका लागि । ब्यवसायीक किसानका लागि आयआर्जनमुखी कार्यक्रम छैन । औषधि उपचारका लागि प्रयाप्त सिटामोल छैन । नागरीकहरुका लागि समान तरीकाको सेवा प्रवाह छैन । शिक्षाको गुण्स्तरीयता छैन । सडक सञ्जाल जोडिएपनि ग्राभेल छैन । पक्की सडक त आशा मात्र हो । भौतीक पुर्वाधार टुक्रे योजना छन् । गुणस्तरीयता छैन । शसक्तिकरणका कार्यक्रम संचालन भएपनि दोहो¥याएर एक जनाको मात्र सहभागिता छ । जातीय विभेदीकरणका कुनै पनी कार्यक्रममा समान सहभागिता छैन । योजनाहरुको अनुगमन छैन । गाउँपालिका बाट कुनै पनी सुचना प्रवाह छैन । कुनै पनी कार्यक्रमा लक्षीत वर्गहरुको सहभागिता छैन । सिपमूलक तालीममा आफनालाई सहभागिता गराउँने गरिएको छ । आत्मनिर्भर बनाउँने कार्यक्रम छैन । हरेक कार्यमा राजनीतीकरण छ । राहत पाउँनेमा पनी हुनेखानेहरु परेका छन् । कल्भर्ट छ गुणस्तीय छैन । महिलाहरुको स्वास्थ्य समस्या आईरहन्छ तर कुनै शिवीर छैन । स्वास्थ्यको पहुँच छैन ।
दंगीशरण गाउँपालिकाले आज आयोजनाको गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा ७ वटै वडाका सहभागिहरुको गुनासो हो यो ।
गाउँपालिकामा आज भएको सार्वजनीक सुनुवाई कार्यक्रममा गाउँपालिकावासीले विकास निर्माणका कार्यदेखी शिक्षा, स्वास्थ्य, कार्यालयको सेवा प्रवाह, लक्षित समुहले पाउने सेवा सुविधा नपाएको, वास्तविक किसानले कृषि कार्यक्रम नपाएको लगाएतका थुप्रै विषयवस्तुमा प्रश्नहरु र गुनासो गरेका थिए ।
गाउँपालिका स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका चित्र स्वर्णकारले जनताले अपेक्षा गरे अनुरुप विकास निमार्णका कामले अगाडि बढ्न नसकेको तर्क गर्नुभयो ।
त्यस्तै नेपाल पत्रकार महासंघ दाङकी सहसचिब दिप्तीशिखा चौधरीले पश्चिम दाङका स्थानीय तहहरु मिडियामुखी बन्न नसकेको गुनासो गर्नुभयो । उहाले स्थानीय तहले स्थानीय स्तरका मिडिया र पत्रकारलाई हेर्ने दृष्टिकोण फरक रहेको भन्दै यसलाई सुधार गरि सुचना सम्प्रेशनलाई चुस्तदुरुस्त बनाउन आग्रह गर्नुभयो । लोककल्याणकारी विज्ञापन तथा मिडियामुखी कार्यक्रम उपलब्ध गराई स्थानीय स्थानीय मिडियासंग सहकार्य गर्न आग्रह गर्नुभयो ।
अपांग सञ्जालका अध्यक्ष रोशन गिरीले अपांगता भएका व्यक्तीहरुको लागि सहायक सामाग्री र अपांगता परिचय पत्र वितरण कार्यलाई प्रभावकारी बनाउन सुझाव दिनुभयो । अपांगताहरुको क्षमता अभिबृद्धिका कार्यक्रमहरु ल्याउँन आग्रह गर्नुभयो ।
त्यस्तै ओरेक दाङका कार्यक्रम संयोजक पुजा चौधरीले गाउँपालिकाले हरेक गतिविधिको एकीकृत तथ्याङ्क राख्नुपर्ने सुझाव दिनुभयो । उहाले महिला प्रजनन् स्वास्थ्य, किशोर–किशोरी मैत्री पालिका बनाउन विषेश योजनाहरु ल्याउनुपर्ने बताउँनुभयो ।
स्थानीयवासी एवं पत्रकार चेतन वलीले गाउँपालिकाले वडा–वडामा पुगेर नागरिकहरुका समस्या सुन्ने गरेता पनि गाउँपालिकामा हुने हरेक विकास निमार्णका कामहरुको बाँडफाड पार्टीका आधारमा गरिने भन्दै त्यसलाई सुधार गर्दै सबैलाई समान व्यवहार गर्न सुझाव दिनुभयो ।
सहभागी पुर्ण भण्डारीले गाउँपालिकाको विकट क्षेत्र फुर्के शाल्लिमा बाँके राष्ट्रिय निकुञ्ज पर्ने भएकाले त्यहाँको वन्यजन्तुको नियन्त्रणको लागि पालीकाकोे ध्यान नगएको गुनासो गर्नुभयो । विगत लामो समयदेखी वन्यजन्तुले गाउँलेहरुको बालिनाली नास गर्दिनाले बस्ती नै विस्थापित हुने अवस्थामा पुगेको भन्दै समस्या समाधान गरिदिन आग्रह गर्नुभयो ।
यस्तै नबराज शर्मा पार्धेले व्यक्तीगत घटना दर्ता गर्दा वडाले महंगो शुल्क लिने गरेको गुनासो गर्नुभयो । नागरिकको सहज सेवाका लागि पालीकाले ब्यवस्ता गरेको उँहाको गुनासो थियो । त्यस्तै सहभागी हिरा चौधरीले गाउँपालिकाले द्वन्द्वपीडितहरुको समस्या सम्बोधन नभएको भन्दै उनीहरुको एकिन तथ्यांक संकलन गरि उनीहरुको लागि आर्थिक सहयोग–एकल भत्ता वितरण कार्यलाई अगाडी बढाउनुपर्ने सुझाव दिनुभयो ।
उनीहरुको जिज्ञासा र प्रश्नको जवाफ गाउँपालिका अध्यक्ष शम्भु गिरीले आफु निर्वाचित भएको एक वर्षक अवधिमा हरेक नागरीकहरुको समस्या संग नजीक भएको बताउँनुभयो । खानेपानीको समस्या तत्काल समाधान गर्ने आश्वासन दिनुभयो । यस्तै कृषकहरुले भोग्दै आएको मल अभाव हुन नदिन पहल गर्ने बताउँदै नागरीकसंग प्रत्यक्ष जोडिएका हरेक समस्यालाई सम्बोधन गरि अगाडि बढ्ने प्रतीवद्धता जनाउँनुभयो ।
यस्तै उपाध्यक्ष पिमा खड्का, निमीक्त प्रमुख प्रशासकिय अधिकृत विनोद अधिकारी, कार्यालय प्रमुख सम्वन्धित शाखा प्रमुखहरुले दिएका थिए । उनीहरुले आफुहरु निर्वाचित भएर आईसकेपछि नागरिकको सेवामा तल्लिन भएर लागेको र आगामी दिनमा पनि छिटो छरितो सेवा प्रवाहमा लाग्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा गाउँपालिकाका सुचना अधिकारी टेक बहादुर खत्रीले सहभागीहरूसँग गोप्य गुनासा तथा सुझाव सङ्कलन,गुनासा तथा सुझावहरूको सम्बन्धित सरोकारवालाहरूबाट जवाफ,खुल्ला सुनुवाईको माध्यमबाट सहभागीहरू सरोकारवालाहरूसँग सिधा प्रश्न,सोधिएका प्रश्नहरूको सरोकारवालाहरूबाट जवाफ गुनासा, सल्लाह तथा सुझावहरूको टिपोट र प्रतिवेदनको तयारी बारेमा जानकारी गराउँनुभएको थियो । कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रेस संयोजक प्रमोद आचार्यले गर्नुभएको थियो ।