नेकपा एमाले दङ्गिशरण गाउँपालिकाकाे बैठक बिहिवार सम्पन्न भएको छ । पार्टी अध्यक्ष रेशम वलीकाे अध्यक्षता तथा जिल्ला अध्यक्ष शिव कुमार आचार्यकाे प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हाे ।
बैठकले पार्टीलाई बलियाे बनाउनका लागि विभिन्न एजेन्डामा रहि छलफल गरेकाे छ । बैठकले यहि साउन महिना भित्रमा सबै वडामा बैठक बसि पार्टी सदस्यता नवीकरण गर्ने कार्य सम्पन्न गर्ने निर्णय गरेकाे छ । यस्तै गाउँ कमिटीको अधिबेशन यहि भाद्र महिनकाे दाेस्राे हप्तामा सम्पन्न गर्नका लागि तयारी गर्ने निर्णय गरेकाे छ । यस्तै वडा न. ६ का पार्टी सदस्य स्व. नवराज भट्टराई र वडा न.३ का पार्टी सदस्य स्व. हाेतिराम भण्डारी प्रती समवेदना प्रकट गरेकाे छ ।
साे अवसरमा बैठकका प्रमुख अतिथि तथा जिल्ला अध्यक्ष शिव कुमार आचार्यले पार्टीलाई मजवुत बनाउन सबै एकजुट हुनुपर्ने बताउनु भयाे । उहाले पार्टी सदस्यता नविकरण मात्र नभएर पार्टी सदस्यता बढाउन तिर लाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयाे ।” पहिले याे काम गर्नुस, बाकि काम पछि गराैँला ।” उहाँले भन्नुभयो ।
प्रदेश सचिवालय सदस्य हुकुम बस्नेतले २३ वटा जनसंगठनलाई ब्यवस्थित गर्दै पार्टी बलियाे बनाउनुपर्ने भन्दै आग्रह पुर्वाग्रह बाट पाटि नचल्ने बताउनुभयो ।
जिल्ला उपाध्यक्ष मनाेहर बुढाेथाेकिले पार्टी सदस्यता नविकरण लाई अन्तिम रुप दिनुपर्ने बताउदै जिम्मेवार बाेकेका नेताले जिम्मेवार भएर काम, अनुगमन, निरिक्षण गर्ने र नेतृत्व का बिषयमा गम्भीर हुनुपर्ने बताउनुभयो ।
जिल्ला सचिव श्याम डाङ्गिले पार्टी बलियाे बनाउन वडा कमिटि बलियो बनाउन तर्फ लाग्नुपर्ने बताउनुभयो । बाहिर के भइराछ भन्दा पनि आफनाे पालिकामा के गतिविधि गर्याे भनेर चिन्ता गर्नुपर्ने बताउनुभयो । एमालेकाे बिरासत कायम गर्ने गरि आफु नै गुनासाे गर्ने भन्दा पनि पार्टी लाई बलियो बनाउन लाग्नुपर्ने उहाँको भनाइ थियाे । पार्टी भित्र अराजक, गुटबन्दी , खिचातानीमा नलागि जनताको काममा लाग्नुपर्ने बताउनुभयो ।
जिल्ला सह- सचिव भुवनेश्वर पाैडेलले ५ सय ३७ भन्दा माथि रहेर सदस्यता बढाउनुका साथै नेकपा एमालेकाे नीति, बिचार जित्ने बाताबरणको सिर्जना गर्नतर्फ लाग्नुपर्ने बताउनुभयो ।
लुम्बिनी प्रदेश कमिटी सदस्य सिमा न्याेपाने, जिल्ला सदस्य गणेश आचार्य, यशाेदा शर्मा, किसान महासंघका कृष्ण चाैधरी लगाएतले
पार्टी भित्र समानुपातिक र समावेशि हुन जरुरी रहेको बताएका थिए । साथै भुगाेल समेटेर नेतृत्व पंक्तिमा लग्नुपर्ने, संगठित तरिकाले अगाडि बढ्न जेष्ठ नागरिक,अनेम संघ , बिधार्थि संगठन बलियाे बनाउनुपर्ने बताएका थिए ।
गाउँ कमिटी उप सचिव रविसंग चाैधरिकाे स्वागत मन्तब्यबाट शुरु भएको बैठककाे शहजिकरण चक्रमिलन विश्वकर्माले गर्नु भएको थियाे ।