दाङ जिल्ला उद्योग वाणिज्य संघमा नापतौल शिविर र कोरोना विरुद्धको खोप




गोविन्द खड्का

दाङ जिल्ला उद्योग वाणिज्य संघको कार्यालय घोराहीमा नापतौल शिविर र कोरोना विरुद्धको खोप अभियान शुरु भएको छ ।

नापतौलका उपकरण दर्ता तथा नविकरणको लागि गुणस्तर तथा नापतौल कार्यालय नेपालगञ्जले आइतवार देखि केहि दिनका लागि शिवीर सञ्चालनमा ल्याएको संघका अध्यक्ष वसन्त जोशिले जानकारी दिनुभयो । उहाँले व्यवसायीलाई काँटा, ढक तराजु लगाएत नाप्ने र तौलने उपकरण ल्याई दर्ता नविकरण गर्न आग्रह गर्नुभयो ।

यसैगरी स्वास्थय कार्यालय दाङको आयोजना र संघको समन्वयमा सोमवार देखि तिन दिने कोरोना विरुद्धको खोप अभियान शुरु भएको छ । एक पटक पनि नलगाएका, पहिलो वा दोस्रँे डोज लगाएका र बुष्टर डोज लगाउन बाँकि रहेकाले खोप लगाउन खोप शाखा प्रमुख भानु ज्योति वलीले वताउनुभयो ।

व्यवसायीको सजिलोका लागि शिविर चलाएको महासचिव महेन्द्र बुढाथोकिको भनाई छ । उहाँका अनुसार सबै व्यवसायीलाई सुविधा दिने उद्देश्य राखिएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्