
दाङको घोराही उपमहानगरपालिका–१५, बिपी चोकमा नेपाली कांग्रेसले शुक्रबार सरसफाइ अभियान सञ्चालन गर्दै नेपालको राष्ट्रिय झण्डा, चारतारे झण्डा र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं महामानव बिपी कोइरालाको तस्बीर राखेको छ।
यसअघि जेनजीहरूको प्रदर्शनका क्रममा बिपी कोइरालाको शालिक तोडफोड भएपछि सो स्थानलाई पुनः व्यवस्थित गरिएकाे जनाएको छ ।
नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीलगायत पार्टीका नेताकर्मचारीहरूको उपस्थितिमा सरसफाइसँगै झण्डा र तस्बीर राखिएको कांग्रेसले जनाएको छ।
प्रकाशित मिति : २०८२ भाद्र २७ गते शुक्रवार

