
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा साहित्यकार सविन प्रियासनको १२औं उपन्यास ‘कालो मन’ आइतबार घोराहीमा विमोचन गरिएको छ।
साहित्यकारका छोरा सुभ्राम्सु प्रियासन चौधरीको अध्यक्षता र राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष कमलमणि देवकोटाको प्रमुख आतिथ्यतामा पुस्तक विमोचन गरिएको हो।
कार्यक्रममा लेखक प्रियासनले लगातार लेखनमार्फत आफ्नो पहिचान स्थापित गर्न चाहेको बताउँदै यसअघि मात्रै ‘कडी’ उपन्यास प्रकाशित भएको जानकारी दिनुभयो।
प्रमुख अतिथि देवकोटाले लेखनमा अनुशासन र तयारीका साथ अघि बढ्न सुझाव दिनुभयो।
सो अवसरमा सर्वोदय पुस्तकालयका अध्यक्ष सुशील गौतम, पूर्वअध्यक्ष विपुल पोख्रेल र डा. सुदीप गौतमलगायतले शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रमको सहजिकरण पत्रकार टीकाबहादुर बस्नेतले गर्नुभएको थियो।
प्रकाशित मिति : २०८२ कार्तिक ३ गते सोमवार

