दाङमा झण्डै दुई लाख बराबरका अवैध पटका बरामद



तिहार पर्वलाई लक्षित गर्दै कडा चेकजाँचका क्रममा प्रहरीले दाङ जिल्लाभरबाट करिब रु १ लाख ८० हजार ९२० बराबरका अवैध पटका बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मातहतका प्रहरी टोलीहरूले विभिन्न स्थानमा चेकपोष्ट स्थापना गरी चेकजाँच गर्दा उक्त सामान बरामद गरिएको हो।

तिहारमा हुने आगलागी र दुर्घटना न्यूनीकरणका लागि निगरानी बढाइएको प्रहरीले जनाएको छ। अवैध रूपमा पटका बिक्री, वितरण र पड्काउने व्यक्तिमाथि कानूनी कारबाही गरिने समेत प्रहरीको चेतावनी छ।

प्रकाशित मिति : २०८२ कार्तिक ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्