तुलसीपुर उपमहानगरपालिकाले दादुरा–रुबेला खोप अभियान २०८०/८१ लाई सफल पार्न सवै सरोकार वालाहरुलाई आग्रह गरेको छ । यहि फागुन २२ गते देखि ४ गते तुलसीपुर उपमहानगरपालिकाले ६० हजार छ सय ६४ जना बालबालिकाहरुलाई दादुरा रुबेला विरुद्धको खोप दिने जनाएको छ । फागुन २२ गतेदेखि चैत ४ गतेसम्म ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरुलाई खोप दिन थालिएको हो ।
तुलसीपुर उपमहानगरपालिका जन स्वास्थ्य प्रवर्धन शाखा तुलसीपुरको आयोजनामा दादुरा रूबेला खोप अभियान संम्वन्धि छलफल कार्यक्रममा सो जानकारी गराएको हो ।
गतवर्ष दाङ जिल्लामा ३९ जनालाई दादुरा रोग देखिएको थियो भने तुलसीपुर उपमहानगरपालिकामा मात्रै ११ जनामा देखा परेको बताएको थियो ।
बाल रोग विशेषज्ञ डाक्टर किशोर खत्रीका अनुसार एक जना दादुरा रोगको बिरामीबाट १८ जना सम्मलाई सर्ने गरेको बताउनुभयाे । यो खोप कार्यक्रम उत्कृष्ट भएको भन्दै दादुरा र रूवेलाको जिवानुले शरिरमा रोगसंग लडने रक्षा प्रणालिलाई कम्जोर पार्ने भएकाले यस विरुद्धको खोप सवैले लगाउनु पर्ने बताउनुभयाे । उहाले यस अभियानलाई सफल पार्न सवैलाई आग्रह गर्नुभयाे।
कार्यक्रममा जन स्वास्थ्य प्रवर्धन शाखाका प्रमुख ओमप्रकास न्यौपानेले आगामी सन् २०२६ भित्र नेपाललाई दादुरा–रुबेला उन्मूलन गर्ने सरकारको लक्ष्य हासिल गर्न नगरका स्वास्थ्यकर्मी, स्वयंसेविका, जनप्रतिनिधि, पत्रकार र सरोकारवाला निकायले साथ र सहयोग गर्न आग्रह गर्नुभयाे । उहाले शिक्षक, जनप्रतिनिधि, स्वस्थ्य कर्मी गरि करिव ५ सय लाई अभिमुखिकरण कार्यक्रम गरेको बताउनुभयाे ।
त्यस्तै जनस्वास्थ्य प्रवर्धन शाखाका सम्पर्क व्यक्ति विमल केसीका अनुसार गतवर्ष ५७ हजार लक्ष्य राखिएकोमा ५६ हजार सात सय ४४ जना अर्थात ९९.६ प्रतिशत बालबालिकालाई खोप लगाइएको बताउनुभयाे । उहाका अनुसार एड्स,क्षयरोग,उच्च ज्वरो आएको अवस्थामा बाहेक अन्य अवस्थामा बालबालिकाहरुलाई खोप दिन सकिनेछ ।
तुलसीपुर उपमहानगरपालिकामा ९ महिना देखि १५ बर्षका बालबालिकालाई विद्यालय, स्वास्थ्य संस्था र वडामा खोप लगाउने कार्यक्रम अन्तर्गत जनशिक्त समेत सवै तयारी अवस्थामा राखेको बताउनुभयाे ।
सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतको अध्यक्षता तथा नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा भएको खोप समन्वय समिति, संचारकर्मि र सरोकारवालाहरू संगको अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख टीकाराम खड्काले नेपाल सरकारले नै थालको अभियानमा स्थानीय सरकारको तर्फबाट खोेप अभियानलाई पूर्णरुपमा सफल पार्नका लागि सम्पूर्ण जनशक्ति तयार पारिएको बताउनुभयाे। उहाले खोप अभियानलाई सम्पूर्ण अभिभावकहरुले सहयोग गरे मात्रै बालबालिका स्वस्थ हुने बताउनुभयाे ।