नेपाल पत्रकार महासंघ दाङ शाखामा पत्रकारिता पुस्तकालय तथा अनुसन्धान केन्द्रको स्थापना गरिएको छ । पुस्तकालयकाे आज मंगलवार एक कार्यक्रममा बिच नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले उद्घाटन गर्नुभयाे ।
पुस्तकालयकाे उद्घाटन गर्दै अध्यक्ष पोख्रेलले शाखामा स्थापना गरिएको पत्रकारिता पुस्तकालय तथा अनुसन्धान केन्द्रले पत्रकारहरुमा पठन संस्कृतिको विकास गर्नुका साथै पत्रकारहरुको वौद्धिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयाे ।
उहाले अहिले राज्यले प्रेस स्वतन्त्रतामैत्री कानुन समेत बनाउन झस्किरहेको बताउनुभयाे । राज्यले प्रेस स्वतन्त्रतालाई अंकुश लगाउने र संकुचित कानुन बनाउने खतरा रहेको भन्दै यसमा पत्रकार महासंघ लगायत पत्रकारहरु चनाखो हुनुपर्ने उहाँको भनाइ थियाे ।
साे अवसरमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षहरु केपी मसाल, सुशील गौतम, सल्लाहकारहरु सुदीप गौतम, सविन प्रियासन, लक्ष्मी आचार्य, प्रेस काउन्सिलका सदस्य शरद अधिकारी, प्रेस युनियनका केन्द्रीय उपमहासचिव सुलोचना गौतम, प्रेस चौतारी दाङका निवर्तमान अध्यक्ष जेएन सागर, प्रेस सेन्टरका लम्बिनी प्रदेश उपाध्यक्ष प्रकाश चौधरी लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियाे ।
महासंघ शाखा अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हाे ।
महासंघ शाखा उपाध्यक्ष सन्तोष सुवेदीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव आरके शितलले गर्नु भएको थियाे ।
अनुसन्धान केन्द्रमा पत्रकारिता समबन्धी अध्ययन गर्नका लागि विभिन्न पुस्तकहरु राखिएका छन् ।