‘प्रचण्ड’ आज दाङको तुलसीपुर आउदै



पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दाङको तुलसीपुर आउनुहुने भएको छ ।

नेकपा माओवादी केन्द्र तुलसीपुर नगर समितिको तेस्रो अधिवेशनको उद्घाटन  सभालाई सम्बोधन गर्न उहाँ तुलसीपुर आउन लाग्नुभएको हो ।

नगर अध्यक्ष मोहन थापाका अनुशार नेकपा(माओवादी केन्द्र) तुलसीपुरको तेस्रो अधिवेशन तथा खबरदारीसभामा माओवादी केन्द्रले चार स्थानबाट र्याली निकाल्ने तयारी गरेको छ । विहान ११ बजेदेखि र्याली सुरु हुनेछ ।

पश्चिमको दुधेना, पूर्वमा हात्तिखौवा चोकदेखि, दक्षिणमा गुम्राह चोक तथा उत्तरमा सल्यान रोडको शिवमन्दिरबाट ¥याली निकाल्ने कार्यक्रम रहेको छ ।

र्यालीले बजार परिक्रमा गरेर अरनीको मैदानमा पुगेपछि कार्यक्रम सुरु हुनेछ ।

प्रकाशित मिति : २०८१ माघ ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्