शुक्रबार नारायणपुरमा एक दिने सडक महोत्सव




नारायणपुर उद्योग वणिज्य संघको आयोजनामा भोलि शुक्रबार एक दिने सडक महोत्सव हुने भएको छ । संघको आयोजनामा भोलि शुक्रबार ३ बजेदेखि दाङको नारायणपुरस्थित बुद्ध सपिङ सेन्टरको परिसरमा सडक महोत्सवको आयोजना गरिएको हो ।

स्थानीय उत्पादन तथा स्थानीय कलासंस्कृतिको प्रवर्द्धन लागि महोत्सव आयोजना गरिएको संघका अध्यक्ष अनिलकुमार बस्नेतले बताउनुभयाे ।

‘स्थानीय कलासंस्कृतिको प्रवर्द्धन, स्थानीय उत्पादन तथा स्थानीय खानापरिकारको प्रवर्द्धनका लागि महोत्सव आयोजना गरेका हौँ । यो अन्य व्यापारिक तथा सांस्कृतिक महोत्सवजस्तो नभई फरक प्रकृतिको महोत्सव हो । सडक खाना संस्कृतिको विकासका लागि यो महोत्सव महत्वपूर्ण हुन्छ । सडक खानामा हामी त्यति बानी परेका छैनौँ, यो संस्कृतिलाई स्थापित गर्नका लागि पनि संघले सडक महोत्सवको आयोजना गरेको हो ।’ अध्यक्ष बस्नेतले भन्नुभयो  ।

साथै महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम पनि रहेको संघले बताएको छ । ‘महोत्सवमा स्थानीय कलासंस्कृतिको प्रवर्द्धनका लागि विभिन्न नृत्य तथा गीतहरू पनि प्रस्तुत गरिने छ ।

स्थानीय कलाकारको साथमा साङ्गीतिक कार्यक्रम महोत्सवको अर्को आकर्षण रहने छ । महोत्सवमा विभिन्न जातिका परिकारहरु रहने छन् । साथै स्थानीय उत्पादन पनि महोत्सवमा राखिने  अध्यक्ष बस्नेतले जानकारी दिनुभयो  ।

प्रकाशित मिति : २०८२ बैशाख २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्