दशैंपछि देशभर मुसल्धारे वर्षाको सम्भावना



दशैंको टीकाको भोलिपल्टदेखि देशका केही ठाउँमा मुसल्धारे वर्षा हुने मौसमविद्हरुले बताएका छन् । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक विनोद पोखरेलका अनुसार तीनवटा मौसमी प्रणाली विकास भइरहेकोले असोज १७ देखि २० गतेसम्म विशेषगरी पूर्वी नेपालमा वर्षा हुने सम्भावना छ ।

जलवायु विपद् विज्ञ डा. धर्मराज उप्रेतीले पनि असोज १८ गतेदेखि पूर्वी नेपाल हुँदै देशका विभिन्न भागमा मुसल्धारे वर्षाको अत्यधिक सम्भावना रहेको जानकारी दिनुभएको छ । भारतको मौसम विभागले पनि असोज १७ देखि १९ सम्म सिक्किम, पश्चिम बङ्गाल र बिहारमा भारी वर्षाको चेतावनी जारी गरिसकेको छ ।

मौसमविद्हरुले दशैंमा घर फर्किनेहरूलाई यात्रा अघि मौसम र सडक अवस्थाबारे जानकारी लिन र धान लगायतका बाली असोज १७ देखि केही दिन नभित्राउन सुझाव दिएका छन् ।

प्रकाशित मिति : २०८२ असोज १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्